Advertisement
Advertisement
Advertisement
Advertisement

‘वर्क फ्रम होम’ स् यसरी मिलाउनुस् जीवनसाथीसँगको सम्बन्ध र अफिसको कामको प्रबन्ध

  |      14:48:00   |  
‘वर्क फ्रम होम’ स् यसरी मिलाउनुस् जीवनसाथीसँगको सम्बन्ध र अफिसको कामको प्रबन्ध

चैत २८,काठमाण्डौ। कोरोनाभाइरसको बढ्दो प्रकोपका कारण विश्वभरिका मानिसहरु सामाजिक दूरी कायम गरिरहेका छन्।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि विश्वका अधिकांश देशहरु लकडाउन गरिएपछि मानिसहरु आफ्नै घरमा बन्द छन्। विश्वमा अहिले करोडौँ कर्मचारी घरबाटै काम ९वर्क फ्रम होम० गरिरहेका छन्। 

विश्वभरका कर्मचारीहरुले डाइनिङ रुम, बेडरुम, किचनलगायत घरभित्रै आफ्नो अफिस बनाई कब्जा गरिरहेका छन्। यद्यपि आफ्नी श्रीमतीका साथ कम गर्न झन् रोमाञ्चक हुन्छ तर एक समयपछि भने त्यो तनावमा परिणत हुन्छ। 
 


यस दौरान वर्क फ्रम होम, बच्चाहरुको हेरचाहजस्ता कतिपय जिम्मेवारीसँगै जीवनसाथीसँग राम्रो सम्बन्ध बनाइराख्नु चनौती भएको छ। हामी तपाइँहरुलाईं जीवनसाथीसँग स्वस्थ सम्बन्ध बनाइराख्न अफिसको कामलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेबारे टिप्स दिँदैछौँ।
 

सिफ्ट तयार गर्नुहोस्

जीवनसाथीसँग २४ घण्टा सँगै रहँदा झगडाको डर हुनसक्छ। यस्तो बेलामा काम गर्ने सिफ्ट तय गरी दिनभरिको जिम्मेवारी आपसमा बाँड्नुपर्छ। यसका साथै दिनको अन्तमा एउटा सानो मिटिङ राखी कामको प्रगति समीक्षा र भोलिको योजनाबारे खुलेर छलफल गर्नुहोस्।
 

जीवनसाथीसँग सहकर्मीजस्तो व्यवहार नगर्नुहोस्
 

तपाइँ घरबाटै काम गरिरहनुभएको हुनाले अफिसका सहकर्मीसरह आफ्नो जीवनसाथीसँग व्यवहार नगर्नुहोस्। आफ्नो मनमा खेलेको कुराहरु उनीसँग सेयर गर्नुहोस्। आफ्नो कामको चर्चा गर्नुहोस् र जीवनसाथीसँग अझ राम्रो गर्न सुझाव माग्न सक्नुहुन्छ।
 

कुराकानी सेयर गर्नुहोस्

जतिबेला तपाइँलाई अफिसको कामबाट फुर्सद मिल्छ त्यति नै बेला आफ्नो जीवनसाथीसँग आफ्नो कुरा राख्नुहोस्। यसो गर्दा एकअर्कालाई राम्रोसँग बुझ्ने मौका मिल्छ। आफ्नो मनका कुरा जीवनसाथीसँग साट्न ढिला नगर्नुहोस्।

सम्बन्धका बारे कुरा गर्नुहोस्

जीवनसाथीसँग आफ्नो सम्बन्धका बारे पनि चर्चा गर्दै गर्नुहोस्। ऊ अथवा उनी के चाहन्छन् वा चाहन्छिन्, यो विषयका बारेमा पनि जान्न कोशिस गर्नुहोस्। दिनभरिका कामका बारे सोधपुछ र हालचाल बुझ्नुहोस्।

तारिफ र प्रशंसा गर्नुहोस्

आफ्नो जीवनसाथीको तारिफ गर्नुहोस् साथै उसको कामलाई हौसला पनि बढाइदिनुहोस्। तपाईँले सँगै गरिरहनुभएको कुनै कार्यमा एकअर्कालाई धन्यवाद पनि दिनुहोस्।

नजिक रहनुहोस् तर पर्याप्त दूरी पनि बनाउनुहोस्

सम्बन्धमा पनि पर्सनल स्पेस हुुन धेरै जरुरी हुन्छ। जुन यो लकडाउनका अवधिमा लगभग पुरै अस्तव्यस्त भइरहेको छ। तपाइँ आफ्नो लागि पनि समय निकाल्नुहोस्।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement