Advertisement
Advertisement
Advertisement
Advertisement

‘वर्क फ्रम होम’ : यस्ता छन् यसका चुनौती र समाधानहरु

  |      15:25:00   |  
‘वर्क फ्रम होम’ : यस्ता छन् यसका चुनौती र समाधानहरु

चैत ११, काठमाण्डौ । कोरोनाभारइसले अहिले विश्वका अधिकांश देशलाई आफ्नो चपेटामा पारिसकेको छ।

यो विश्वव्यापी महामारी रोकथाम र नियन्त्रणका लागि कतिपयले देशले ‘लकडाउन’ गरिसकेका छन्। जसका कारण स्कुल, कलेज, मल, बजार, यातायातलगायत सबै ठप्प छन्। 

कतिपय कम्पनीहरुले आफ्ना कार्यालयहरु बन्द गरी कर्मचारीलाई घरबाटै काम गर्न अर्थात ‘वर्क फ्रम होम’ को निर्देशन दिइसकेका छन्। नेपालमा पनि मंगलबार बिहान ६ बजेदेखि देशभर लकडाउन गरेको छ। देश लकडाउनमा गएपछि मानिसको दिनचर्या निकै फेरबदल भएको छ। मानिसहरु घरभित्रै थुनिनुपरेको छ। 

यहाँ सरकारी कार्यालयहरु बन्द गरिएका छन् भने अत्यावश्यकसहितका निजी कार्यालयहरुले कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन दिइसकेको छ। तर ‘वर्क फ्रम होम’ केही चुनौतीहरु पनि छन्। त्यसलाई कसरी समाधान गर्ने त रु यी टिप्सहरु पढ्नुस् – 

१। पहिले आफू बस्नेमा एउटा यस्तो ठाउँ पहिल्याउनुहोस् जहाँ तपाइँले आरामले अफिसको काम गर्न सक्नुहुन्छ। जुन कोठा तपाइँले रोज्नुभएको छ अफिसको काम गर्नका लागि त्यहाँ कोही अरु साथी नहोस्, खाट पनि नहोस् र फ्रिज, टीभीजस्ता सामग्री पनि नहोस्। तर काम गर्नका लागि आवश्यक आरामदानी फर्निचर हुन अति आवश्यक छ। यसले तपाइँको काममा मन लाग्नेछ। तपाइँ काम गर्ने कोठामा सोफाको ठाउँमा कुर्सी प्रयोग गर्नु अतिउत्तम हुनेछ। 

२। वर्क फ्रम होमको अर्को महत्वपूर्ण पाटो भनेको अनुशासन हुनु हो। तपाइँको कामसँग जोडिएका सम्पूर्ण सामग्री जस्तै ल्यापटप, डायरी, पेन, मोबाइल र चार्जहरु एउटा निश्चित स्थानमा राख्नुपर्छ। कतिपय घरमा निकै होहल्ला पनि हुन सक्छ। यस्तोमा ध्यान विकेन्द्रीकृत हुने हुँदा त्यसबाट बच्न हेडफोन पनि तयारी अवस्थामा राख्नुहोस्। 


३। वर्क फ्रम होमका क्रममा सहकर्मीसँग सूचना आदानप्रदान गर्न कम्युनिकेसन जारी राख्नुपर्ने अर्को महत्वपूर्ण पाटो हो। तपाइँ आफ्ना सहकर्मीहरुसँग भिडियो कन्फ्रेन्समार्फत पनि अफिसको कामकारबाहीबारे जानकारी लिन सक्नुहुन्छ। त्यसैले गुगल ह्याङहाउटजस्ता प्रविधिको उपयोग गर्न सक्नुहुन्छ। 

४। वर्क फ्रम होमका क्रममा घरकै सदस्यहरु हुने बाधा व्यवधानबाट बच्न जरुरी छ। त्यसैले यो बेला घरका सदस्यलाई आफू निश्चित गरेको अफिसको काम गर्ने कोठामा अत्यावश्यक कामबाहेक प्रवेश गर्न र निश्चित समयसम्म आफूलाई डिस्टर्ब गर्न आग्रह गर्नुहोस्। त्यस्तै यो बेला घरबाहिरका मानिसलाई भेटघाट गर्न समय नदिनुहोस्। 

५। सामान्यता अफिसमै काम गर्दा पनि कतिपय मानिसहरु सोसल मिडियामा झुम्मिने गरेको पाइन्छ। त्यसले अफिसको काम प्रभावित भइरहेको हुन्छ। अझ वर्क फ्रम होममा त झन निगरानी गर्ने मानिस नहुने हुँदा अफिसको काम भइरहेको छ वा सोसल मिडियामै तल्लीन व्यस्त भन्ने कुराको जानकारी हुन सक्दैन। त्यसैले वर्क फ्रम होममा बस्दा कर्मचारी आफैँले सोसल मिडियाबाट टाढा रहँदै अफिसको काममा ध्यान दिन जरुरी हुन्छ। 

६। वर्क फ्रम होमको पहिलो दिन नै तपाइँले उत्कृष्ट काम गर्न सम्भव हुँदैन। यो अवस्थामा पहिलो दिन केही समस्या आउन सक्छ। त्यसैले हरेक दिन एउटा लक्ष्य बनाएर अफिसको काम पूरा गर्नुहोस्। यसले तपाइँको काममा सहजता आउने पक्का छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement