Advertisement
Advertisement
Advertisement
Advertisement

‘‘लकडाउन’ मा महिला हिंसा

  |      15:10:00   |  
‘‘लकडाउन’ मा महिला हिंसा

वैशाख‘ १०,काठमाडौँ  ।  लकडाउन’ को अवधिमा महिला पुनःस्थापना केन्द्र ९ओरेक० मा ८३ वटा घटना दर्ता भएका छन् । ओरेकले सञ्चालन गरिरहेको तीन हटलाइन र २८ जना मनोपरामर्शदातामार्फत यी घटना दर्ता हुन आएका हुन् । 

महिला हिंसाका घटनामा ४६ वटा घरेलु हिंसा, नौ सामाजिक हिंसा, १४  बलात्कार र दुई बलात्कारको प्रयास रहेका छन् । यो अवधिमा एउटा हत्या, एउटा हत्या वा आत्महत्या अनुसन्धानका क्रममा रहेको र दुई यौन दुव्र्यवहारका घटना, छ आत्महत्या र दुई हत्याको प्रयासका घटना रहेका छन् ।

सामान्य अवस्थामा जस्तै पीडक परिवारकै सदस्य बढी भएको पाइएको छ । हिंसा गर्ने व्यक्तिमा सबैभन्दा बढी ३७ जना श्रीमान् र  १७ जना परिवारका सदस्य रहेको पाइएको छ । त्यस्तै, १९ वटा घटनामा छिमेकी, दुई प्रेमी ठानिएका व्यक्ति, एउटा घटनामा साथी र एक  घटनामा घरमालिक रहेको पाइएको छ । यीमध्ये छ घटनामा पीडकको पहिचान हुन बाँकी रहेको ओरेकले जनाएको छ । बलात्कारका घटना भने १० वटा छिमकीबाट एक बुबाबाट, एउटा परिवारको सदस्यबाट, एक प्रेमी ठानिएका व्यक्तिबाट र एउटा पहिचान नखुलेको व्यक्तिबाट भएको पाइएको छ । 

विश्वभरि फैलिएको यो महामारीको समयमा पनि महिला तथा बालिकामाथि हुने वा हुन सक्ने हिंसालाई उचित किसिमले सम्बोधन गर्ने संयन्त्र आवश्यक रहेको ओरेकले बताएको छ । यस समयमा महिला र बालिकामा थप जोखिम देखिएको कार्यकारी निर्देशक लुभराज न्यौपानेले बताउनुभयो । महिलामाथि हुने हिंसा रोकथामका लागि केही स्थानीय तहले सुरक्षित आवास शुरु गरिसकेका छन् । अरु स्थानीय तहले पनि हिंसा प्रभावित महिलाले आफूमाथि भएको हिंसालाई सहज रुपमा उजुरी गर्ने वातावरण तयार गर्नुपर्नेमा उहाँको जोड छ ।

रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement