भदौ ४, काठमडौं । दोस्रो लहरको कोरोनाको कारण प्रभावित भएको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल ग्ल्याम २०२१’ को फाइनल स्पर्धा यहि १२ भदौमा आयोजना हुने भएको छ । आयोजक ग्ल्याम वल्र्ड इन्टरटेनमेन्टले एक विज्ञप्ती जारी गर्दै प्रतियोगिताको अन्तिम स्पर्धा भदौ १२ गते ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हाल आयोजना गर्न लागेको जानकारी दिएको छ ।
विवाहित महिलाहरुको प्रतिभा निखार्दै उनीहरुको भविष्य सुधार्ने उदेश्य प्रतियोगिताको रहेको आयोजक ग्ल्याम वर्ल्ड इन्टरटेनमेन्ट प्रालिका प्रिती कार्कीले बताइन् । सञ्चारकला, विकास मोटिभेसन, लिडरसिप, ड्रेङसेन्स, पब्लिक स्पिकिङ, करियर काउन्सिल लगायतका प्रशिक्षण सहित अन्तिम स्पर्धाका लागि प्रतियोगी तयार रहेको कार्यक्रम संयोजक आकाश गिरीले बताए । कार्यक्रममा कोरोना कारणले रोकिएको ट्यालेन्ट राउण्ड समेत आयोजना हुनेछ ।
प्रतिस्पर्धामा यो पटक शान्ति मगर लिम्बु , रमिता यादव, शोभा शाही, रंगा लक्ष्मी फुयाल, अन्जना खड्का, बवि शाह, सुनिता श्रेष्ठ, सरिता श्रेष्ठ, उर्मिला कार्की र कल्याणी सुवाल लगायत एक दर्जन महिला उपाधिका लागि भिड्दैछन् । शीर्ष सहित बिभिन्न आधा दर्जन बिजेता छानिने प्रतियोगिताको कोरियोग्राफी आश्विनी झाले गरिरहेका छन् । आश्विनी नेपालका चर्चित तथा सबै भन्दा व्यास्त कोरियोग्राफर हुन् ।