Advertisement
Advertisement
Advertisement
Advertisement

६ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

  |      16:44:00   |  
६ लक्षण, जुन गर्भावस्थामा जोखिमपूर्ण हुन्छ

माघ १ काठमाडौं।  तल्लो पेट दुख्ने
गर्भावस्थामा पेट हल्का दुख्नु सामान्य हो । तर कडा तवरले पेट दुख्ने वा तल्लो पेट दुख्ने र छोड्ने भइरहेमा अवस्था गम्भीर भनेर बुझ्नुपर्छ । यस्तो पेट दुखाइ गर्भपात, ९ महिना अगावै शिशुको जन्म वा अन्य कुनै गम्भीर अवस्थाको लक्षण पनि हुनसक्छ ।

अत्याधिक रक्तस्राव
रगत बग्ने समस्या एक दिनभन्दा बढी समयसम्म रह्यो वा धेरै रगत बग्नुका साथै पेट दुख्ने समस्या भएमा सल्लाह परामर्शको लागि तुरुन्तै चिकित्सककहाँ जानुपर्छ ।

गर्भावस्थाको अन्तिम महिनातिर अत्याधिक रक्तश्राव हुन्छ भने यसलाई हल्का रूपमा लिनु हुँदैन ।

योनीस्राव
गर्भावस्थाको समयमा योनीस्राव हुनु पनि सामान्य हो । तर पातलो तरल पदार्थ बग्ने क्रम जारी रह्यो भने जोखिमपूर्ण हुनसक्छ । यो पानी फुटेको संकेत हुनसक्छ ।

आँखाको दृष्टि धमिलो हुनु
गर्भावस्थाको अन्तिमतिर लगातार ध्यान केन्द्रित गर्न समस्या भइरहेको छ वा आँखाले हेर्दा धमिलो दृष्टि छ भने तुरुन्तै परीक्षण गराउनुपर्छ । विशेषगरी उच्च रक्तचाप भएका गर्भवती महिलामा यस्तो समस्या हुनसक्छ ।

हात–खुट्टा सुन्निने
गर्भावस्थामा हात, खुट्टा वा शरीरका अन्य अंगमा सुन्निने सामान्य कुरा हो । जुन आराम गरेसँगै बस्छ । तर सुन्निएको ठाउँमा दुखाइ भएमा वा रातोपन देखा परेमा चिन्ताको विषय हुन्छ ।

बच्चा नचल्नु
गर्भावस्थाको चार महिनापछि बच्चा बिहानको खाना, दिउँसोको खाजा र रातिको खाना खाएको एक घण्टा देब्रेतर्फ कोल्टिएर सुत्दा तीन९तीनपटक चल्नुपर्छ, दिनभरिमा कम्तीमा १० पटक चल्नुपर्छ ।

यसरी यी अवधिमा बच्चा चल्दैन भने तुरुन्तै परामर्श लिनुपर्छ ।

बढी ज्वरो आउनु
गर्भावस्थामा सामान्य रुघाखोकी लाग्नु ठीकै हो ।तर १०० डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आएमा तुरुन्त अस्पताल जँचाउन जानुपर्छ ।

अत्याधिक टाउको दुखाइ
हार्मोनजन्य परिवर्तनका कारण गर्भावस्थामा टाउको दुख्नु सामान्य कुरा हो । धेरैलाई गर्भावस्थाभर टाउको दुख्न सक्छ । यदि आराम गरेर र पानी पिएर पनि टाउको दुख्ने समस्या निको नभए बेवास्ता गर्नु हुँदैन ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement