Advertisement
Advertisement
Advertisement
Advertisement

५ दिन अंकुरेपछि मात्र लसुन खानुहोस्, ५ रोगको जोखिमबाट बच्न सकिन्छ

  |      16:50:00   |  
५ दिन अंकुरेपछि मात्र लसुन खानुहोस्, ५ रोगको जोखिमबाट बच्न सकिन्छ

बैशाख २२, काठमाडौं । यदि तपाइँ लसुन अंकुर्ने बित्तिकै फ्याँकिनुहुन्छ भने, तपाइँ ठूलो गल्ती गर्दै हुनुहुन्छ। धेरैजसो मानिसहरु यस्तो गर्छन्, जब घरमा राखिएको लसुन अंकुराउन थाल्छ अर्थात् हरियो पातहरु निस्कन थाल्छ, तब त्यसलाई नराम्रो मानेर फालिन्छ । हामी तपाईलाई बताउछौं कि अंकुरेको लसुनले खानाको स्वाद मात्र बढाउँदैन स्वास्थ्यलाई धेरै फाइदा पनि दिन्छ।

विशेषज्ञका  अनुसार अंकुरेको लसुनलाई नफाल्नुहोस् किनभने यसमा ताजा लसुनभन्दा एन्टिअक्सिडेन्ट गुण बढी हुन्छ। पाँच दिनसम्म अंकुरेको लसुनमा दैनिक प्रयोग गरिने लसुनको तुलनामा धेरै एन्टिअक्सिडेन्ट हुने अनुसन्धानकर्ताहरूको विश्वास छ ।

यही कारणले अंकुरेको लसुन खाँदा कोलेस्ट्रोलको स्तर, रक्तचाप ,क्यान्सर ,स्ट्रोक र मुटु रोगको जोखिम कम गर्न मद्दत गर्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र क्यान्सरसँग लड्न पनि मद्दत गर्न सक्छ। आउनुहोस्, अंकुरेको लसुन खाँदा तपाईको स्वास्थ्यलाई के कस्ता फाइदाहरू हुन सक्छन् जानौं।
स्ट्रोक बाट बचाउँछ

अंकुरित लसुनमा अजोइनको मात्रा उच्च हुन्छ। यो एक पदार्थ हो जसले रगत जम्नबाट रोक्छ। यसमा नाइट्रेट पनि हुन्छ, एक रसायन जसले धमनीको फैलावट ( फराकिलो) निम्त्याउन सक्छ, जसले गर्दा रक्त प्रवाहमा सुधार हुन्छ।
लसुन को फाइदा
मुटुलाई बलियो बनाएर हृदयघात हुनबाट बचाउँछ
लसुनको रसले इन्जाइमको गतिविधि बढाउने काम गर्छ। यसले धमनीहरूमा बोसो र फोहोर पदार्थहरू जम्मा हुनबाट रोक्छ, जुन मुटुको स्वास्थ्यको लागि सबैभन्दा ठूलो खतरा हो। फलस्वरूप, तपाईंलाई हृदयघात हुने सम्भावना कम हुन्छ।

समयपूर्व बुढ्यौली रोक्छ
लसुनको ल्वाङ्गमा प्रशस्त मात्रामा एन्टिअक्सिडेन्ट पाइन्छ र यसको नियमित सेवनले चाउरी पर्नबाट बचाउने मात्र होइन छालालाई स्वस्थ राख्न पनि मद्दत गर्छ। लसुनको एन्टिअक्सिडेन्ट गुणले समयभन्दा पहिले बुढ्यौली हुनबाट जोगाउँछ।
प्रतिरक्षा प्रणाली बलियो बनाउन सहयोगी
एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई मजबुत बनाउन काम गर्छ र अंकुरेको लसुन यसमा उच्च हुन्छ। एन्टिअक्सिडेन्टले प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर कोशिकाहरूलाई संक्रमणबाट बचाउँछ।
क्यान्सरको जोखिम कम गर्छ
लसुनमा फाइटोकेमिकल पाइन्छ, जसले क्यान्सर कोशिकाहरूलाई फैलिनबाट रोक्न काम गर्छ। यसको एन्टिअक्सिडेन्टले क्यान्सरका लागि जिम्मेवार फ्रि रेडिकलहरूबाट जोगाउँछ।
कोलेस्ट्रोलको स्तर घटाउन मद्दत गर्छ
रगतमा जम्मा हुने खराब कोलेस्ट्रोल हृदयघात र स्ट्रोकको सबैभन्दा ठूलो कारण हो। अंकुरित लसुनको गुणले प्राकृतिक रूपमा यस फोहोर पदार्थलाई कम गर्छ र मुटुलाई स्वस्थ राख्छ।
अंकुरेको लसुन उच्च रक्तचापको उपचार हो
उच्च रक्तचापका बिरामी हुनुहुन्छ भने अंकुरेको लसुन खानुपर्छ । यसमा पाइने गुणले उच्च रक्तचाप नियन्त्रण गर्छ । यसको सेवनले औषधिमाथिको निर्भरता कम गर्न सक्ने अनुसन्धानकर्ताहरू विश्वास गर्छन्।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement