Advertisement
Advertisement
Advertisement
Advertisement

४ प्रतिशत शिशु खोप नलगाएका

  |      11:39:00   |  
web image
web image

जेठ १४,काठमाडौं । स्थानीय स्वास्थ्य स्वयंसेविकाको टोलीले दक्षिणकाली–१ मा कुनै पनि खोप नलगाएकी दुई वर्षीया बालिका र उनकी आमालाई भेटे । खोपबारे जिज्ञासा राख्दा ती आमाले खोप नलगाएको जवाफ दिइन् । त्यसको कारणबारे उनले भनिन्, ‘खोप लगाएपछि जेठो छोरो बिरामी पर्‍यो, त्यसैले कान्छीलाई लगाएनौं ।’

नेपालमा २०३४ सालमा बिफर उन्मूलनपश्चात् औपचारिक खोप अभियान सुरु गरिएको थियो । सन् २०१० को अन्तसम्ममा सबै स्थानीय तहमा विश्व स्वास्थ्य संगठनले सिफारिस गरेको खोपको कभरेज ९० प्रतिशत पुर्‍याउने लक्ष्य सरकारको थियो । तर, स्वास्थ्य मन्त्रालयले हालै सार्वजनिक गरेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रारम्भिक प्रतिवेदनअनुसार कुनै खोप नलगाएका १२ देखि २३ महिनाका शिशु ४ प्रतिशत र पूर्ण खोप नलगाएका १६ प्रतिशत छन् । यो सन् २०१६ को भन्दा बढी हो । त्यतिबेला कुनै खोप नलगाएका १२ देखि २३ महिनाका शिशु एक प्रतिशत थिए । सन् २०११ मा पूर्ण खोप नलगाएका बालबालिका १० प्रतिशत थिए ।

प्रतिवेदनअनुसार कुनै पनि खोप नलगाएका शिशु सबभन्दा बढी सहरी क्षेत्रका छन् । सहरी क्षेत्रमा ६ सय २३ जना र दुर्गमका ३ सय ३६ जना छन् । त्यसमध्ये पनि सबभन्दा बढी मधेशमा २ सय ६९, कोशीमा १ सय ६८, लुम्बिनीमा १ सय ७२, वाग्मतीमा १ सय ३४ जना, सुदूरपश्चिममा ८७ र कर्णालीमा ७९ जना छन् । सहरी क्षेत्रमा बसोबास गर्नेले नै खोप नलगाउने गरेको देखिन्छ । विज्ञहरूका अनुसार यो डरलाग्दो अवस्था हो । स्वास्थ्य मन्त्रालयले नियमित खोपबाट वञ्चित भएका बालबालिकालाई ‘खोज र खोप लगाऊ’ राष्ट्रव्यापी घरदैलो अभियान सुरु गरेको छ । खोप विज्ञ श्यामराज उप्रेती तीनै सरकारबीच समन्वय अभावका कारण अभियान प्रभावकारी हुन नसकेको बताउँछन् ।

दक्षिणकालीका नगरप्रमुख मोहन बस्नेतले प्रत्येक वडामा खोप नलगाएका बालबालिकाको खोजी भइरहेको बताए । ‘खोज र खोप लगाऊ अभियान प्रभावकारी ढंगबाट चलाउन स्वास्थ्यकर्मीलाई निर्देशन दिएको छु,’ उनले भने । बर्दियाको बारबर्दियाका नगरप्रमुख छविलाल थारूले पनि सशक्त ढंगबाट अभियान चलाइरहेको बताए । अभियान प्रभावकारी बनाउन वडाको ४र५ स्थानमा राखेर खोप वितरण गरिएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले बताए ।'

स्वास्थ्य मन्त्रालय नीति योजना महाशाखा प्रमुख डा. कृष्ण पौडेल ध्यान दिनुपर्ने बताउँछन् । संघीयताले गर्दा खोप कार्यक्रममा प्रत्यक्ष असर पुगेको स्वास्थ्य विभाग परिवार कल्याण महाशाखाका निर्देशक डा।विवेककुमार लालको भनाइ छ । ‘पहिला खोपसम्बन्धी फोकल पर्सन ग्रामीण स्वास्थ्यकर्मी हुन्थे, अहिले दरबन्दी छैन, खोप लगाउने, अनुगमन गर्ने जिम्मेवारी पालिकाको हो,’ उनले भने, ‘खोपबाट वञ्चित हुनेमा प्रायः इँटाभट्टाका मजदुर र मौसमी कामदार छन् । जनप्रतिनिधिले भोट बैंकलाई लक्षित गर्दा समस्या भएको देखिन्छ ।’

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement