Advertisement
Advertisement
Advertisement
Advertisement

२३ दिन सघन उपचारकक्षमा रहेकी एक नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

  |      10:48:00   |  
२३ दिन सघन उपचारकक्षमा रहेकी एक नेपाली नर्सलाई सामान्य वार्डमा सारियो

►कृष्णप्रसाद शर्मा
वैशाख ९,लण्डन ।  कोरोनाको सङ्क्रमणले विगत २३ दिनसम्म सघन उपचारकक्षमा रहेकी नर्स उमा प्रधानलाई सामान्य वार्डमा सारिएको छ । उमालाई कोरोनाको सङ्क्रमण देखिएपछि साउथ इष्ट  ससेक्सको कन्क्वस्ट अस्पतालमा भर्ना गरिएको थियो । सो अस्पतालमा कार्यरत १०० भन्दा बढी सहकर्मीले उमालाई सामान्य श्ययामा सार्दा ताली ठोकेर सम्मान प्रकट गरेका थिए । 

उमा भन्नुहुन्छ, “म सघन उपचार कक्षमा हुँदा मेरो उपचारमा संलग्न सबैलाई धन्यवाद दिने शब्दसमेत छैन । उनीहरूको योगदान अकल्पनीय छ जसले मलाई बचाए । म अझै अस्पतालमा छु । विस्तारै विस्तारै ठीक हुँदैछु ।”

सघन उपचार कक्षका प्रमुख केट् मुरे भन्नुहुन्छ, “सघन उपचारमा कार्यरत सबै कर्मचारी र सिङगो नर्स समूहको कडा परिश्रमले उमालाई यो कक्षबाट निकाल्न सफल भयौँ । उमालाई दुई हप्ताभन्दा बढी आइसीयूमा राख्नुपरेका कारण यो बुझ्नुस् कि उनलाई कोरोनाले कति गालेको रहेछ ।”

उहाँले अगाडि भन्नुभयो, “तर अकल्पनीय रूपमा आएको परिवर्तनले आज यहाँसम्म आइपुगिन् । हाम्रो गौरवको एउटा अंश हुन उमा पनि । यो कठिन घडीमा उनमा आएको यो परिवर्तन हामी सबैका लागि उदाहरणीय र हौसलापूर्ण कार्य भएको छ र हामी सबैको प्रर्थना छ उनलाई छिट्टै निको हुनेछ ।” आइतबार मात्रै एक नेपाली जोडी स्वास्थ ठीक भई घर फर्केका छन् । 
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement