Advertisement
Advertisement
Advertisement
Advertisement

२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

  |      14:50:00   |  
२० देशका नेपाली बालबालिकाले साटासाट गरे कोरोना कहरको अनुभव

असार ५, काठमाडौं । विश्वभर फैलिएको कोभिड १९ का कारण लकडाउनमा घरमै बस्न बाध्य नेपाली बालबालिकाको आफ्नो अनुभव साटासाट गरेका छन् । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको संयोजनमा जुममार्फत भएको भेलामा २० देशका १२ वर्षमुनिका नेपाली बालबालिका सहभागी भए । सहभागीको कोरोना कहरमा आफूले भोगेको अनुभव मन खोलेर सुनाएका थिए । सभ्यता शर्मा ९१०० र एलिस कार्की ९१२०ले सञ्चालन गरेको कार्यक्रममा नेपाललगायत अष्ट्रिया, नाइजेरिया, क्यानडा, साउदी अरब, अमेरिका, जापान, बहराइन, इटाली, चीन, कतार, युएई, दक्षिण कोरिया, बेलायतलगायत देशमा रहेका दोस्रो पुस्ताका नेपाली बालबालिका सहभागी थिए । 

कार्यक्रममा औरुस लम्साल, टीया आचार्य, अभिराजथिवी, अश्मी अधिकारी, दिलाशा शर्मा, जयान मोहम्मद सैयद, कृती, तिमल्सिना, कृतिका राउत, कृष्णा थापा, निर्भिक अर्याल, लियाना अहमद, प्रसिद्घ पन्त, साक्षी भट्टराई, शैलेश शर्मा, सियोअन थापा, स्मिड गैरे, स्नेहा चौधरी, युभरानी गुरुङ, आयुषा कँडेल, सभ्यताशर्मा, एलिश कार्कीलगायतले कोरोना कहरको अनुभव सुनाए । 

दुई दर्जनभन्दा बढी बालबालिका सहभागी उक्त कार्यक्रममा वर्ष पाँचदेखि १२ सम्मका भाइबहिनीको रमाइलो छलफल रहेको थियो । सबैभन्दा कम उमेरकी युभरानी गुरुङ पाँच वर्षकी हुन् । बालबालिकाले सो कार्यक्रममा आफूले कोरोनाको कारणले भोग्नुपरेका समस्या, आफ्नो दैनिकीमा आएका परिवर्तनका बारेमा एकापसमा छलफल गर्दै भविष्यमा भएका उनीहरुका योजनाका बारेमा पनि सबैमाझ प्रस्तुत गरेका थिए । सो कार्यक्रमको संयोजन गैरआवासीय नेपाली सङ्घअन्तर्गतको विश्व स्वास्थ्य समितिको तर्फबाट विमला सापकोटा, डा सञ्जीव सापकोटा, सत्य चौधरी, यस्मिन बेगम सैयदले गरेको खबर राससले प्रकाशित गरेको छ । सो कार्यक्रमलाई गैरआवासीय नेपाली सङ्घको आधिकारिक पेजबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement