फागुन ३०, काठमाडौं । शुक्रबार राति नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी १८ महिने नाबालिगको बलात्कारपछि हत्या भएको प्रहरीले दाबी गरेको छ । सुन्दरहरैंचा नगरपालिका -७ गणेशपुरकी १८ महिने नाबालिगलाई बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला प्रहरी मोरङले आइतबार पक्राउ परेका दुईजनालाई सार्वजनिक गरेको छ ।
सुन्दरहरैंचा- ७, ठडियाका २८ वर्षीय मिथुन चौधरी र २५ वर्षीय अजय चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैजना सहोदर दाजुभाइ भएको प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक जनार्दन जीसीले बताए ।