मंसिर २३, काठमाडौं । नेपालमा महिला हिंसा विरुद्धको १६ दिने अभियान चलिरहँदा उता छिमेकी राष्ट्र भारतमा भने १५ लाखमा छोरा जन्माउने एक आइभिएफ सञ्चालनमा आएको कुरा सार्वजनिक भएको छ ।
१५ लाखमा छोरा जन्माउन सफल बनाउने आइभिएफ सेन्टरको मुख्य शाखा भने दुवईमा भएको र हाल सोही शाखा भारतमा पनि बिस्तार भएको पाइएको छ । दुवईमा सञ्चालित आइभिएफ क्लिनिकले भारतिय दम्पतीको लागी खास
प्याकेज दिइरहेको छ । उक्त आइभिएफले सतप्रतिशत छोरा हुने ग्यारेन्टि पनि दिन्छ । हाल भारतमा चलिरहेको प्याथोलोजी ल्याबदेखि स्थानीयसम्म आइभिएफमा सहभागी भएको कुरा बाहिरिएको छ ।
यस्तै, उक्त आइभिएफमा एजेन्टमार्फत दम्पतीहरु क्लिनिकसम्म पुग्छन् । अनुसन्धानका आइभिएफले ग्यारेन्टीकासाथ छोरा जन्माउने प्रक्रिया सुरु गरिन्छ । यस्तै, छोरा जन्माउन भारतीय केहि दम्पतीहरु दुवई गएर बस्ने, खाने र चेकअपको लागी करिब १५ लाख रुपयाँ र्खच गर्नसमेत तयार हुन्छन्।
महिला अनुसन्धानका अनुसार छोराको मोहमा गर्भमा आएकी छोरीको भू्रणमा नै हत्या गरेर छोरो जन्माउने सिलसिला तिब्र भएको पाइएको छ । भ्रूणमानै छोरा हो की छोरी भनेर हेर्ने प्रविधी (एन्म् पिजिडी ) मार्फत हेर्नेकाम भारतमा हुन्छ । तर, उक्त प्रविधी मानीसका लागी निकै नै घातक भएको अनुसन्धानले बाताएको छ । यसपश्चात मात्रै छोरा जन्माउनका लागी ग्यारेन्टीका साथ भारतीय दम्पतीहरु दुवईतर्फ प्रस्थान हुन्छन् । अहिले आइभिएफका यस्तो गैरकानुनी धन्दा हाल दुवईदेखि अमेरिकासम्म विस्तार भइसकेको अनुसन्धानमा खुलेको छ । यसरी मेडिकल साइन्स नै छोरीमाथी भइरहेको विभेदकारी हिंसाको भूमिकामा देखिनुले कतै आधुनिक समाजले महिलालाई गर्ने हिंसाको अवस्था कतै बिगतभन्दा झनै उत्कर्समा पुग्ने त हैन भन्ने संकेत गरे जस्तो देखिन्छ ।
वैशाख ३० काठमाडौं । थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया छनोट अन्तर्गत...
वैशाख २८ काठमाडौं ।दिक्तेल बजारमा आयोजना गरिएको ‘दोस्रो बृहत् खोटाङ-हलेसी खेलकुद,...
वैशाख २६ काठमाडौं । नेपाली महिला क्रिकेट टोलीले विश्वकप खेल्ने लक्ष्यसहित आजदेखि �...
वैशाख २६ काठमाडौं । थाइल्याण्डमा शुक्रबारदेखि आईसीसी महिला टी-२० विश्वकप एसिया छनोट सुरु...
वैशाख १९,काठमाडौं । काठमाडौंका सुमन घले र काठमाडौंकै सम्पदा सिवाकोटी तेस्रो बागमती प्रदेश...
वैशाख १८,काठमाडौं । सानिमा रिलायन्स लाइफले तेस्रो संस्करणको ‘सी स्ट्राइक्स–कर्पोरेट...
वैशाख १७,काठमाडौं । यही वैशाख १९ देखि हुने सातौँ स्थानीय तह मकवानपुर राष्ट्रिय महिला गोल्डकप...
वैशाख १० काठमाडौं । संयुक्त राज्य अमेरिकामा कार्यरत नेपाली चिकित्सक डा। रिया बोहरा सन् २०२५...
वैशाख ६ काठमाडौं । मकवानपुर जिल्ला फुटबल संघले महिला गोल्डकप फुटबल प्रतियोगिता गर्ने भएको...