Advertisement
Advertisement
Advertisement
Advertisement

१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान

  |      16:57:00   |  
१३ वर्षमा विवाह, १५ वर्षमा सन्तान

►अजितकुमार झा

फागुन २९, सुनसरी । सुनसरीको कोशी गाउँपालिका–१ लौकहीको मुसहर बस्तीकी सोनुदेवी सदाको १४ वर्षको उमेरमा विवाह भयो । विवाह भएको एक वर्षपछि उहाँलाई पहिलो सन्तानका रुपमा छोरी प्राप्त भयो । अहिले सोनुको उमेर १७ वर्षको भएका बेला अर्को सन्तानका रुपमा गर्भमा आठ महिनाको बच्चा छ । 

सोही ठाउँकी आनन्दीदेवी ऋषिदेवको १३ वर्षकै उमेरमा विवाह भयो । विवाहको एक वर्षपछि उहाँको पहिलो सन्तानका रुपमा छोराको जन्म भयो । अहिले १६ वर्ष पुग्नुभएको उहाँको दुई वर्षीय छोरा छ । त्यसैगरी लौकही मुसहर बस्तीकै १८ वर्षीया कैली सदा डेढ वर्षीया छोरी र एकमहिने छोराको आमा भइसक्नुभएको छ । उहाँको १३ वर्षकै उमेरमा विवाह भएको हो । उहाँहरु तीनैजना त्यस क्षेत्रका प्रतिनिधि पात्र हुनुहुन्छ । 

अहिले पनि सुनसरीको ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुने र १८ वर्षको हँुदासम्म आमाबुबा हुने क्रम जारी छ । सुनसरीको दलित बस्तीमा जनचेतनाको अभाव, कम उमेरमा विवाह गर्दा आमा र बच्चालाई हुने असर लगायतको विषयमा प्रभावकारी रुपले जानकारी नहुँदा दलित बस्तीमा कम उमेरमै विवाह हुने गरेको पाइएको छ ।

विवाहवारि २० वर्ष पारि लगायतका नारा सञ्चारमाध्यम मात्र हैन यससम्बन्धी विषयका गोष्ठी, सभा र सभामा घन्किन थालेको धेरै भैसक्यो । विवाह पनि २० वर्ष  पूरा भएपछि मात्र गर्नुपर्ने कानूनी प्रावधान छ । तर पनि दलित बस्तीका बालबालिकालाई त्यसले खासै असर पारेको देखिदैन । दशदेखि १७ वर्षसम्मको उमेर भनेको पढ्ने, खेल्ने र भविष्यको बारेमा दत्तचित्त हुँदै अघि बढ्ने बेला हो । तर यहाँको दलित बस्तीको त्यो समूहका कतिपय बालबालिका सन्तानको स्याहारसुसार गर्न व्यस्त रहेको पाईन्छ ।

विभिन्न नगरपालिका, गाउँपालिका र वडाले बालविवाहसम्बन्धी जनचेतनामूलक कार्यक्रम वार्षिक रुपमा सञ्चालन गर्छन् । त्यो कार्यक्रम  कागज र कोठामा मात्र सीमित  छ । कानूनमा कम उमेरमा विवाह गरे केटा र केटी पक्षलाई दण्ड जरिवाना गर्ने व्यवस्था छ । त्यसले पनि उक्त समुदायमा पूर्णतया छुन सकेको देखिदैन । 
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement