Advertisement
Advertisement
Advertisement
Advertisement

हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँ ल्याइएका नौ बालबालिकाको उद्धार

  |      10:24:00   |  
web image
web image

असार २१, । हुम्लाबाट राम्रो शिक्षा दिने प्रलोभनमा पारेर काठमाडौँमा लगिएका हुम्लाको खार्पुनाथ र अदानचुली गाउँपालिकाका नौ बालबालिकाको उद्धार गरी आइतबार परिवारसँग पुनर्मिलन गराइएको छ । 

लामो समयदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको हिमाली नवीन समाजले आइतबार प्रमुख जिल्ला अधिकारी र स्थानीय जनप्रतिनिधिको रोहबरमा एक बालिका र आठ बालकलाई परिवारसँग पुर्नमिलन गराएको हो । 

आवासीय बालगृह सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०६९ विपरीत सञ्चालन रहेको हुँदा गत फागुन १९ गते काठमाडौँको तारकेश्वर नगपालिका–६ मा रहेको धर्मस्थलीस्थित लाइट फर नेशनल बालगृहबाट राष्ट्रिय बाल अधिकार परिषद्, तारकेश्वर नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र १०४ र प्रहरी चौकी धर्मस्थलीको संयुक्त टोलीले आठ जना बालबालिकालाई जोखिमपूर्ण अवस्थाबाट उद्धार गरेको हो ।

पछिल्लो समय बालबालिकालाई निःशुल्क पढ्न, लेख्न र बस्न दिने प्रलोभन देखाई बालगृहमा राखेर जबरजस्ती धर्म परिवर्तन गराउने र अभिभावकहरुबाट समेत रकम असुल गरेको देखिएको छ । आफना दुई बच्चालाई कक्षा १२ सम्म पढाइदिन्छु भनेर आफूबाट रु एक लाख लिएको अदनचुली–६ निवासी लालबहादुर शाहीले गुनासो पोखे । 

निःशुल्क गुणस्तरीय शिक्षाको बहानामा हुम्लाका विभिन्न गाउँबाट बर्सेनि धेरै बालबालिकाको बालगृहमा ओसारपसार हुने गरेको छ । बालबालिका र उनीहरुको अभिभावकलाई अनावश्यक प्रलोभन देखाई बालगृहमा भर्ना गर्ने प्रचलन बढेकाले सम्बन्धित निकायले यस सम्बन्धमा चासो दिनुपर्ने हिमाली नवीन संस्थाका प्रतिनिधि प्रभजन शाहीले बताए । 

त्यसैगरी हुम्लाका प्रजिअ गणेश आचार्यले उद्धार गरिएका बालबालिकालाई रु पाँच हजार बराबरको शैक्षिक सामग्री प्रदान गरेका छन् । हिमाली नवीन समाज हुम्लाले पनि प्रत्येक बालबालिकालाई एक झोला तथा कापीकलम सहयोग गरेको छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement