Advertisement
Advertisement
Advertisement
Advertisement

हिन्दू समूहको भ्रमणका क्रममा महिला कर्मचारीलाई हटाइएको आरोपपछि एफिल टावर बन्द

  |      10:22:00   |  
web image
web image

भदौ २३, काठमाडौं । फ्रान्सको राजधानी पेरिसस्थित प्रसिद्ध एफिल टावर महिला कर्मचारीलाई कामबाट अलग गरिएको आरोपमा कर्मचारीहरूले विरोध गरेपछि सोमबार केही समयका लागि बन्द गरिएको छ। हिन्दू धार्मिक संस्था बोचासनवासी अक्षर पुरुषोत्तम स्वामीनारायण संस्था (बीएपीएस) सँग सम्बन्धित करिब १०० सदस्यको टोलीले शनिबार एफिल टावरको भ्रमण गरेका बेला महिला कर्मचारीलाई कार्यस्थलबाट हटाइएको आरोप लागेको हो।

कर्मचारी संघकी प्रतिनिधि डियान डाभोइनका अनुसार धार्मिक समूह टावरको विभिन्न क्षेत्रमा प्रवेश गर्ने क्रममा महिला कर्मचारीलाई आफ्नो कार्यस्थल छाड्न भनिएको थियो र केही स्थानमा उनीहरूको ठाउँमा पुरुष कर्मचारीलाई राखिएको थियो। कर्मचारीहरूले यसलाई लैङ्गिक विभेद र महिलालाई अदृश्य बनाउने प्रयासका रूपमा लिँदै विरोध जनाएका हुन्।

एफिल टावर सञ्चालन गर्ने संस्था एसईटीईले भ्रमणलाई महिलासँगको अन्तरक्रिया सीमित गर्ने गरी व्यवस्थापन गर्न समूहबाट अनुरोध आएको स्वीकार गरेको छ। तर यस्तो व्यवस्था स्वीकार गर्नु नहुने र यो संस्थाको महिला–पुरुष समानताको मूल्य तथा सिद्धान्तसँग मेल नखाने एसईटीईले जनाएको छ।

विरोधका कारण सोमबार कर्मचारीहरू बैठकमा बसेपछि एफिल टावरको सञ्चालन प्रभावित भएको थियो। व्यवस्थापनले कर्मचारीसँग माफीसमेत मागेको जनाइएको छ।

घटनाप्रति पेरिसका मेयर इम्यानुएल ग्रेगोइरले आपत्ति जनाउँदै छानबिन गर्ने बताएका छन्। फ्रान्सेली राष्ट्रिय सभाकी अध्यक्ष याएल ब्राउन–पिभेले पनि विदेशी आगन्तुकको माग पूरा गर्न महिलालाई सार्वजनिक जीवनबाट अलग गर्न नहुने भन्दै घटनाको आलोचना गरेकी छन्।

यता, बीएपीएसले घटनाप्रति दुःख व्यक्त गर्दै विवादमा परेको विषयलाई गम्भीरतापूर्वक लिएको जनाएको छ। ठूलो समूहको भ्रमणका कारण अन्य पर्यटकलाई असुविधा नहोस् भनेर एफिल टावर व्यवस्थापनसँग समन्वय गरिएको संस्थाको भनाइ छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement