Advertisement
Advertisement
Advertisement
Advertisement

हिंसामुक्त क्वारेन्टिन बनाइँदै

  |      14:47:00   |  
web image
web image

असार ५, काभ्रेपलाञ्चोक । विभिन्न जिल्लाका क्वारेन्टिनमा यौनजन्य हिंसात्मक घटना बाहिरिएपछि सङ्कट व्यवस्थापन केन्द्र काभ्रेपलाञ्चोक र कोभिड–१९ रोकथाम तथा नियन्त्रण, जिल्ला कमाण्ड पोष्टले संयुक्तरुपमा क्वारेन्टिनलाई हिंसामुक्त बनाउने तयारी थालेका छन् । 

केन्द्र र पोष्ट काभ्रेपलाञ्चोकमा रहेका क्वारेन्टिन थप व्यवस्थित गर्दै महिला, गर्भवती, सुत्केरीमाथि लैङ्गिक तथा घरेलु हिंसा हुन नदिन आवश्यक तयारी थालिएको हो । जिल्लाका क्वारेन्टिनलाई हिंसामुक्त बनाउन आवश्यक सेवा सुविधाको व्यवस्थापनमा लागिएको केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताउनुभयो । उहाँले भन्नुभयो, “विशेषत महिलामाथि हुने हिंसा हुन नदिन सोहीअनुसार क्वारेन्टिन बसाई तथा सेवा दिने व्यवस्थापनमा जुटेका हौँ ।” 

तिमल्सिनाका अनुसार सबै क्वारेन्टिनमा व्यक्तिगत सुरक्षाका साथै स्वास्थ्य सुरक्षालाई मजबुत बनाउन निर्देशन दिइएको छ । “क्वारेन्टिन सुरक्षाको अनुगमन भइरहेको छ भने कडा सुरक्षा रणनीतिबारे योजना बनाउँदैछौँ”, उहाँले भन्नुभयो । उहाँले क्वारेन्टिनमा बसेकालाई स्वास्थ्य सामग्री उपलब्धतामा समेत प्राथमिकता दिइएको बताउनुभयो । केन्द्रका अनुसार हाल जिल्लास्थित विभिन्न क्वारेन्टिनमा २९ महिलासहित ८६ जना बसेका छन् । 

यसैबीच, दुई साता अघि काभ्रेपलाञ्चोकका पाँचमा कोरोना सङ्क्रमण देखिएपछि पोष्टले क्वारेन्टिनको स्वास्थ्य सुरक्षाबारे नियमित अनुगमन गरिरहेको छ । “नियमित अनुगमन तथा स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिएपछि थप सङ्क्रमण फैलिएको छैन”, पोष्ट सदस्य सचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले भन्नुभयो । उहाँका अनुसार स्थानीय तहमा रहेका क्वारेन्टिनको क्षमता विस्तार गर्दै स्वास्थ्य सुरक्षा थप व्यवस्थित गर्ने कार्य भइरहेको छ । १३ स्थानीय तहका क्वारेन्टिनलाई १०० कक्ष क्षमताको बनाउने तयारी गरिएको हो । 

साथै, तेस्रो मुलुकबाट काभ्रेपलाञ्चोक फर्किएका दुर्गम तीन स्थानीय तहका नागरिक राख्न सदरमुकाम धुलिखेलस्थित धुलिखेल क्याम्पसमा ७५ श्ययाको क्वारेन्टिन व्यवस्थित गरिएको छ । यस क्वारेन्टिनमा हाल स्वाब सङ्कलन बुथसमेत राखिएको छ । काभ्रेपलाञ्चोकमा हालसम्म स्थानीय तहलगायत विभिन्न सङ्घसंस्थाद्वारा ८०३ बेडको क्वारेन्टिन व्यवस्थित गरिएको छ । आठ बेडको धुलिखेलमा १५ र पाँच बेडको शिरमेमोरियलमा १० बेड आइसोलेन कक्ष बनाउने तथा मेथिनकोट अस्पताल, पाँचखाल र धुलिखेलस्थित विद्यालयमा दश÷दश बेड आइसोलेशन बेड व्यवस्थित बनाउन लागिएको पोष्टले जनाएको छ ।   

हाल तेस्रो मुलकबाट काभ्रेली फर्किरहेका छन् । विभिन्न देशमा ११ हजार ५८७ काभ्रेली रहेको पोष्टको तथ्याङ्कमा उल्लेख छ । जसमध्ये एक हजार १२५ भारतमा बस्दै आएका हुन् । विदेशबाट आउने पोलिमरेज चेन्ज रियाक्सन ९पिसिआर० परीक्षण गरेर आउने भएकाले पुनः जिल्लास्थित विभिन्न क्वारेन्टिनमा बसाई तथा समयावधि सकिएपछि पनि कोरोना भाइरसको सङ्क्रमण देखिए तत्काल परीक्षण गरिनेछ भने संक्रमण नदेखिएकालाई ‘होम क्वारेन्टिन’मा बसाइने झाले बताउनुभयो । उहाँका अनुसार विदेशबाट आएकामध्ये आफैँ खर्च व्यहोर्न सक्नेलाई धुलिखेलस्थित सुविधा सम्पन्न होटल क्वारेन्टिन राख्ने तयारीसमेत गरिएको खबर राससले प्रकाशित गरेकोछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement