Advertisement
Advertisement
Advertisement
Advertisement

हामीले खाइरहेको स्ट्रबेरी विषाक्त त छैन ?

  |      15:07:00   |  
हामीले खाइरहेको स्ट्रबेरी विषाक्त त छैन ?

फागुन ९, काठमाडौं ।अहिलेको मौसमी फल हो स्ट्रबेरी, जो बजारमा छ्यास्छ्यास्ती पाइन्छ । मौसमी फल, त्यसमा पनि स्ट्रबेरी । ‘स्वाद र स्वास्थ्यका लागि’ भन्दै उपभोक्ताले निर्धक्क किन्ने नै भए । तर यी स्ट्रबेरी ढुक्कले खान सकिएलारु

अमेरिकी संस्था ‘इन्भारोमेन्टल वर्किङ ग्रुप’ ले २०२२ मा विभिन्न फलफूलमा विषादीको मात्रा छ वा छैन भनी अध्ययन गरेको थियो । त्यस क्रममा के पाइयो भने स्ट्रबेरीमा अत्याधिक कीटनाशक छ । कीटनाशक मूलत खेतीबालीमा प्रयोग गरिने त्यस्तो विषादी हो, जसले किरा एवं ढुसी लाग्न दिँदैन।

यस्तै अमेरिकी कृषि विभागकले सन् २०१५ मा स्ट्रबेरीका ७०६ नमुना परीक्षण गरेको थियो, जसमध्ये ४० प्रतिशतमा ७० प्रकारका कीटनाशक पाइएको थियो ।

नेपालमा हुँदैन गुणस्तर जाँच

कालीमाटी तरकारी तथा फलफूल बजारमा बिक्रीका लागि स्ट्रबेरी धेरै आइपुग्दैन । स्थानीय बजारबाट नै बिक्री हुन्छ । त्यसैले स्ट्रबेरीमा कीटनाशकको मात्रा कति छ भन्ने कुराको कुनै जाँच नभएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ बताउँछन् ।

केन्द्रीय कृषि प्रयोगशालाको सूचना अधिकारी मञ्जुश्री भट्टराईका अनुसार स्ट्रबेरीमा कीटनाशकको मात्रा कति भन्ने कुराको जाँच अहिले सम्म भएको छैन । किसान भन्छन्(धेरै कीटनाशकको प्रयोग गरेको छैन।

नुवाकोटको ककनी स्ट्रबेरी खेतीको लागि एकदमै प्रसिद्ध ठाउँ हो । काठमाडौँमा बिक्री हुने अधिकांश स्ट्रबेरी ककनीबाट नै आउँछ । त्यहाँ उत्पादन हुने स्ट्रबेरीमा कति कीटनाशक औषधि प्रयोग हुन्छ भन्ने प्रश्नमा ककनी स्ट्रबेरी फार्मका सञ्चालक छेसाङ्ग तामाङ आफूहरूले उत्पादन गर्ने स्ट्रबेरीलाई सेमी अर्गानिक भन्न मिल्छ बताउँछन्।

‘केही मात्रामा कीटनाशक औषधि प्रयोग गरेर स्ट्रबेरी उत्पादन गरिन्छ’ तामाङ भन्छन् ‘हामीले थोरै कीटनाशकको प्रयोग र धेरै प्राङगारिक मलको प्रयोग गरेर स्ट्रबेरी उत्पादन गर्छौँ। यहाँको हावापानी नै स्ट्रबेरी खेतीका लागि अनुकूल हुने भएकाले धेरै कीटनाशकको प्रयोग गर्नु पर्दैन।’

स्ट्रबेरी खानुअघि ध्यान दिनुपर्ने कुरा

स्ट्रबेरीको सतहमा धेरै साना छिद्रहरू हुन्छन्, जसमा फोहोर, कीटनाशक र ब्याक्टेरिया लुकेर बस्न सक्छन् । यिनीहरूलाई राम्ररी सफा गरिएन भने स्वास्थ्यका लागि हानिकारक हुनसक्छ । त्यसैले स्ट्रबेरीलाई राम्ररी सफा गर्नुपर्ने खाद्य अनुसन्धान अधिकृत उज्ज्वल रायमाझी बताउँछन् ।

स्ट्रबेरीमा प्रयोग भएको कीटनाशकको असर बाट बच्नका लागि बजारबाट किनेर ल्याएको दिन नखाएर एक-दुई दिन राखेर खानु उपयोगी हुने रायमाझीको भनाइ छ । उनी भन्छन् ‘स्ट्रबेरीलाई बजारबाट ल्याएको दिन नखाएर एक-दुई दिनपछि मात्र खाइयो भने त्यसमा भएको कीटनाशकको मात्रा र असर कम हुन्छ । यस्तोमा केही दिन राखेर नर्मल पानीले सफा गरेर खानुपर्छ।’

भिनेगर एक प्राकृतिक क्लिनर हो, जसले स्ट्रबेरीमा रहेको कीटनाशक र ब्याक्टेरिया हटाउन मद्दत गर्छ। एउटा कचौरामा भिनेगर र पानीको मिश्रण लिएर त्यसमा स्ट्रबेरीलाई ५–१० मिनेट भिजाउने। त्यसपछि सफा पानीले धुने । यस्तो गर्दा स्ट्रबेरीमा भएको कीटनाशक र ब्याक्टेरिया सफा हुने रायमाझीले बताए।

‘बेकिङ सोडा पनि स्ट्रबेरीमा जम्मा भएको फोहोर र रसायन हटाउने प्रभावकारी तरिका हो । यसका लागि एउटा ठूलो भाँडामा मनतातो पानी लिने र यसमा बेकिङ सोडा मिसाउने। यस घोलमा स्ट्रबेरीलाई ५ देखि १० मिनेटको लागि डुबाएर छोडिदिने । यसरी स्ट्रबेरी राम्ररी सफा हुन्छ,’ उनले भने ।

यदि घरमा भेनेगर वा बेकिङ सोडा छैन भने मनतातो पानी प्रयोग गरेर पनि स्ट्रबेरी सफा गर्न सकिन्छ। एउटा भाँडोमा मनतातो पानी लिने र यसमा स्ट्रबेरीलाई ३० सेकेन्डसम्म भिजाउने र त्यसपछि चिसो पानीले धुन सकिने रायमाझीले बताए।

उनी भन्छन् ‘स्ट्रबेरीलाई भेनेगर , बेकिङ सोडा वा मनतातो पानीमा डुबाएर सफा गर्दा कति समय डुबाउने भन्ने कुरामा भने ध्यान दिनुपर्छ अन्यथा त्यसको स्वाद नै परिवर्तन हुन्छ।’

मानिसको स्वास्थ्यलाई मध्यनजर गर्दै बोट बिरुवामा लागेको कीरा मार्न व्यावसायिक खेतीमा प्रयोग गरिने विषादीको मात्रा घटाएर, विषादीयुक्त खाद्यान्नको आयातमा समेत कडाइ गर्नुपर्ने रायमाझीले बताए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement