Advertisement
Advertisement
Advertisement
Advertisement

हामी बिरामी किन हुन्छौँ ?

  |      14:07:00   |  
वेब तस्विर
वेब तस्विर

►डा. ललितकुमार मिश्र

माघ ३, काठमाडौं । केही दिन अगाडिको कुरो हो, एउटा स्कुलको स्वास्थ्य कार्यक्रम सम्बन्धी गोष्ठी मा सहभागी हुन पुगेको थिएँ । स्वास्थ्य सम्बन्धी वक्तव्य दिने क्रममा एक जना कक्षा १० मा पढ्ने बालिकाले प्रश्न गरिन्,  डाक्टर साहब, हामी बिरामी किन हुन्छौ  ? कुरो त ठिकै हो, हवाई डू वी फल सिक रु राम्रै प्रश्न गरेकी थिइन ती बालिकाले । आज यही विषयवस्तुलाई लिएर कलम चलाउने प्रयास गर्दै छु । हामी सबै बेला बखत बाहिर जान्छौ र बाहिर खाना खान्छौ । साथी भाइहरूसँग भेटघाट गर्न जान्छौँ, भिन्न भनिनै ठाउँहरूमा सँगै घुम्न जान्छौँ । त्यहाँ पाइने विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरूको स्वाद लिन्छौँ । यसै क्रममा कसैलाई बाहिर खाना खाएपछि पेट खराब भइहाल्छ भने कसैलाई नयाँ ठाउँमा जाँदा त्यहाँको वातावरण मिल्दैन र बिरामी पर्छ । यहाँ प्रश्न यो आउँछ, किन यस्तो हुन्छ ?  हामी बिरामी हुनलाई दुई वटा आधारले काम गर्दछ । एउटा आफै भित्र छ र अर्को बाहिरी वातावरणमा आधारित छ । हामी भित्रकै कारण र बाहिरको कारण । यी दुवै कारणलाई गहिरिएर बिचार गर्‍यौ भने थाहा पाउने छौँ, यी दुई बिचको अन्तर सम्बन्ध । हामी किन बिरामी हुन्छौ रु हामी सबै बाहिर जान्छौ र बाहिर कुनै होटेल या रेस्टुरेन्टमा खाना खान्छौ । मलाई त मज्जा लाग्छ, फरक फरक चिजहरू ट्राई गर्नमा । मलाई लाग्छ, पक्कै पनि हरूलाई पनि राम्रो लाग्छ होला । बर्खाको याममा पानीमा रुझ्न पनि राम्रो लाग्छ । हामी सबै पानी परेको बेला कुनै न कुने रूपमा थोर बहुत भिजेकै हुन्छौँ । कोही त निथ्रुक्क पानीले भिजेका पनि हुन्छन्, त्यसमा पनि आफ्नै आनन्द छ ।

 

यसै गरी जाडोको याममा पनि हिउँ परेको हेर्न र हिउँमा खेल्न जान्छौँ, खेल्छौँ । राती ढिलोसँग पार्टीमा जाने पनि चलन हुन्छ । बिहे भोजमा जान्छौ, अन्य सामाजिक कार्यक्रमहरूमा पनि सहभागी हुन्छौँ । यस प्रकारले हामी भिन्न(भिन्न कार्यक्रमहरू पुग्छौँ, धेरै मानिसहरूसँग भेटघाट गर्‍छौं । हामी मध्ये केही यस्ता व्यक्तिहरू पनि छन् । जो अफिसको समय बाहेक पनि अफिसमा काम गरिरहन्छौँ । बिहान, दिउँसो र रातिको सिफ्टमा पनि काम गरिरहेका हुन्छौँ । हामी सबैको वरिपरि जीव – जन्तुहरूको पनि बास छ । हामी काठमाडौँमा बस्छौँ, यहाँको हावा यति स्वच्छ र सफा छ कि जीव(जन्तुहरूमा कुनै कम्पिटिसन नै छैन । प्रत्येकले भरपुर स्कोप भेट्छन्, जीव–जन्तुहरूसँग सम्पर्कमा पुग्नको लागि । हामी सबै यही वातावरणमा बस्छौँ, यही हावामा श्वास लिन्छौँ । त्यहीका पानी पिउँछौँ । हरेक चिज हामी सबैले गर्छौँ । तर त्यसै मध्ये कसैको पेट खराब भइहाल्छ । कसैलाई आँखा पाक्ने रोग लाग्छ । अर्कोलाई अरू नै केही थोकको गडबडी हुन्छ । यसरी नै बर्खामा पानीमा भिजेकाहरू, हिउँमा खेलकाहरु मध्ये कसै कसैलाई पोस्ट सिजनल बायरल ईन्फेक्सन हुन्छ । सबैलाई हुँदैन । यस्तो किन हुन्छरु हामी मध्ये कसैलाई हुन्छ कसैलाई हुँदैन । यो प्रश्न हाम्रो दिमागमा लगातार घुमिरहन्छ । अरूलाई केही भएन, मेरै पेट किन खराब भयोरु मलाई नै किन भाईरल फिवर आयो रु यी सबै बाहिरका कारण हुन्, बाहिरको कारणले सबैलाई ईफेक्ट गरिरहेको छैन । हामी मध्ये केही सीमित व्यक्तिलाई मात्र प्रभावित बनाइरहेको छ ।

 

यस प्रश्नको उत्तरका लागि हामीले आफैभित्र हेर्नु पर्ने हुन्छ । के कारणले यो समस्या आइरहेको छ । ममा के कमी कमजोरी छरु जसले गर्दा मलाई मात्र समस्या भइरहेको छ । बाहिरको अवस्थालाई राम्रो बनाउनको लागी धेरै प्रयास गरिएको छ । अचेल होटेल तथा रेस्टुरेन्टहरू हाईजिनको स्तर बढाइएको छ । पानी पुरी बेच्नेले पनि हातमा ग्लोव लगाएर काम गर्छ । मेडिकल फेसिलिटी पनि राम्रो छ । रोगबाट बच्न भेक्सिनेसन गराउँछौ । भिन्न भिन्न प्रकारका खोपले रोगबाट बचाउन मद्दत गर्दछ । सुविधा सम्पन्न अस्पताल र नर्सिङ होमहरूमा राम्रो उपचार सेवा पाइन्छ । यस प्रकार अरू धेरै विकल्पहरू पनि छन् । यति हुँदाहुँदै पनि हामी किन बिरामी हुन्छौरु हामी कहाँ बिरामीको कमी त छैन । बिरामी आई नै रहेका छन् । कुन प्रकारका र कस्ता बिरामीहरू आइरहेका छन्रु अचेल विशिष्ट प्रकारका बिरामीहरू बढिहरेका छन् । जस्तै, कसैलाई पोलन एलर्जी, कसलाई सन एलर्जी, गुलुटोन गहुँ को एलर्जी, डस्टएलर्जी, स्किन एलर्जी भइरहेको छ । सबैलाई त हुँदैन । मानौँ एलर्जी हुनु अचेल फेशन नै भइसकेको छ । धरै जसो केटाकेटीहरू या वयस्कहरूमा एलर्जी देखिइरहेको छ । यसको साथै धेरै मानिसहरूमा अटोईमिनो कम्पलेन बढिरहेको छ । अटोईम्युनोको मतलब तपाईँको शरीरले स्वयंमा समस्या उत्पन्न गराउनु हो । जस्तै, मलटिपल न्युरोसिस, रियुमेटाईड, ग्याष्ट्रि कम्पलेन, अर्थराईटिस, मेन्सुयल डिसर्डर, थाईरायड, पोलिस्टिकऔँभरी डिजिज्, डायबिटिज्, हार्टडिजिज्, मेन्टल डिसअर्डर आदि ।

 

यस्ता रोगहरू धेरै बढेका छन् । एलर्जन या एलर्जी भनिएपनि यो एक किसिमको रोग हो । यो केही सीमित मानिसहरूलाई मात्र हुन्छ । सबैलाई त हुँदैन, किन यस्तो हुन्छरु यसको लागि हामीले आफैलाई नियालेर भित्र हेर्नु पर्छ । यदि हामी हाम्रो शरीरलाई विभाजन गर्ने हो भने, यसमा दुई भाग पाउँछौँ । शरीरको एक भाग देखिन्छ भने अर्को हिस्सा देखिँदैन । जो देखिन्छ त्यो  स्थूल बढी र जो देखिँदैन, त्यो हो दिमाग वा मन हो । यसले नै आफ्नो ऊर्जा, आफू भित्रको क्षमता, इच्छा, भावनालाई उत्पादन गर्दछ र यसको प्रतिक्रिया स्थूल शरीरमा देखिन्छ । बह्माण्डलाई नै हेर्दा पनि त्यही हो । एउटा पदार्थ र अर्को ऊर्जा छ । पदार्थ छ, त्यसमा हामी सबै छौँ, घर छ, जमिन छ । अर्कोतिर ऊर्जा छ, जो हाम्रो वरिपरि घुमिरहेको छ । जसले हामीलाई शक्ति प्रदान गर्दछ । त्यसैले यो स्थूल शरीरलाई सञ्चालनरबचाइरहेको छ । यी दुवै पदार्थ र ऊर्जा एकआपसमा सम्बन्धित छन् । आपसी तालमेल राख्छन् र सन्तुलनमा बस्छन् । शक्ति र भौतिक पदार्थको आपसी सन्तुलनमा रहनु नै स्वास्थ्य रहनु हो । यी दुबैबीचको असुन्तलन नै अस्वस्थ को कारण हो । हामी मानसिक रूपले होस् या शारीरिकले बिरामी हुन्छौँ । कान्तिपर खबरपु जो हाम्रो वरिपरि घुमिरहेको छ । जसले हामीलाई शक्ति प्रदान गर्दछ । त्यसैले यो स्थूल शरीरलाई सञ्चालनरबचाइरहेको छ । यी दुवै पदार्थ र ऊर्जा एकआपसमा सम्बन्धित छन् । आपसी तालमेल राख्छन् र सन्तुलनमा बस्छन् । शक्ति र भौतिक पदार्थको आपसी सन्तुलनमा रहनु नै स्वास्थ्य रहनु हो । यी दुबैबीचको असुन्तलन नै अस्वस्थ को कारण हो । हामी मानसिक रूपले होस् या शारीरिकले बिरामी हुन्छौँ ।

कान्तिपुर खबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement