साउन ६, बाजुरा । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक फयालगाउँमा स्वास्थ्यकर्मी नभएपछि एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।
उक्त फयालगाउँमा सामुदायीक स्वास्थ्य इकाई केन्द्रमा प्रसुती गराउने स्वस्थ्यकर्मी नहुदा वडा नं एक मुक्तिकोटकी कार्तिके विकले बाटोमै सन्तान जन्माएकी हुन् ।
गाउँपालिकाबाट यस अघि नियुक्त भएका करार कर्मचारीको चालु आर्थिक बर्षका लागि करार म्याद थप नगरी कार्यालयमा नगएको र त्यहाँ कार्यरत सिनियर अहेव विर्ज विक गोष्ठीमा गाउँपालिका गएका बेला प्रसुती हुन पुगेकी विक फर्किदै गर्दा उनले बाटोमै बच्चा जन्माएकी हुन् । कार्तिके विक र बच्चाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको बताइएको छ ।