Advertisement
Advertisement
Advertisement
Advertisement

स्वस्थ महिला भए राष्ट्र नै पहिला हुन्छ : डा. केसी

  |      14:37:00   |  
स्वस्थ महिला भए राष्ट्र नै पहिला हुन्छ  : डा. केसी

चैत १५, काठमाडौं  डा. नवराज केसीले स्वस्थ महिला भए राष्ट्र नै सबल हुने बताएका छन् । बुधबार कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकद्वारा आयोजित ‘निर्भीक नारी’ को पहिलो सत्र 'स्वस्थ महिला, सबैभन्दा पहिला'  मा आफ्ना कुरा राख्दै डा. केसीले स्वस्थ महिला भए महिला मात्र पहिला नभएर राष्ट्र नै पहिला हुने बताएका हुन् ।

उनले आफू सुरुमा बच्चाको डाक्टरजस्तो मात्र लागे पनि कर्णालीका दूरदराजमा खटिँदा आमाहरूको पनि डाक्टर भएजस्तो लागेको बताए । उनले भने, 'सुरुमा आफू म बच्चाको डाक्टरजस्तो लाग्थ्यो, अहिले आमाहरूको डाक्टर पनि हो कि जस्तो लाग्छ।' त्यस्तै उनले आमाहरूमै पोषणको कमी भएकाले बालबालिकामा कुपोषण देखिएको बताए ।

पछिल्लो समय राम्रो समीक्षा पाइरहेको 'शून्यको मूल्य'का पुस्तकका लेखकसमेत रहेका डा.केसीले भने,  ' ५१ प्रतिशत आमाहरू कुपोषित भएकाले ४९ प्रतिशत बालबालिका कुपोषित छन् । स्वस्थ महिला भए महिला मात्र पहिला हुँदैनन् राष्ट्र नै पहिला हुन्छ ।'

कर्णालीका आम मानिसहरूले उपचार गराउने क्रममा भोग्नु परेका दुस्ख र संघर्ष पुस्तकमा समेटिएको छ । डा। केसीले 'सिर्जनात्मक गैर आख्यान' भन्ने गरेको पुस्तक उपचारका क्रममा भेटिएका महिलाहरूको प्रेरणाले नै लेखेको बताए । केही रुपान्तरकारी प्राध्यापकहरूको भेटले आफूले पुस्तक लेख्न सकेको उनको भनाइ छ ।

कोभिड महामारीका क्रममा महिलाहरूका कारण धेरै बिरामी निको भएको उनको भनाइ छ । 'हाम्रो समाजमा जति पनि कोभिडले बुवाआमा बित्नुभयो, उहाँहरू डाक्टरको कमीले होइन । छोरीहरूको कमीले बित्नु भएको हो । छोरीहरूले बिरामीको निकै हेरचाह गरे । डाक्टरहरूले नभ्याए केही महिलाहरूले आफ्ना अभिभावक बचाएको मैले देखेको छु,' उनले भने।

अभावका बाबजुद बिरामीहरूले त्यसबाट उन्मुक्ति पाउन गरेका संघर्ष र साहसका कथा पुस्तकमा समेटिएको डा .केसीको भनाइ छ । डा. केसीका अनुसार बिरामीहरूका समस्या सुनेर सुरुमा केही छोटा कथा लेखेको तर पर्याप्त नभएपछि फेरि खोजी गरेर पुस्तक तयार पारिएको हो ।

सुर्खेतस्थित प्रादेशिक अस्पतालमा करिब आठ वर्ष काम गरेका केसीले 'शून्यको मूल्यमा बिरामीहरुले जीवनयापनको क्रममा गरेका संघर्ष सिर्जनात्मक रुपमा उतारेका छन् ।

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement