Advertisement
Advertisement
Advertisement
Advertisement

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा:सामान्य प्रशासन मन्त्री

  |      17:25:00   |  
web image
web image

पुस ५, काठमाडौं ।सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले प्रमुख प्रशासकीय अधिकृत खटाउने मापदण्ड अन्तिम चरणमा पुगेको बताएकी छिन् । पदभार ग्रहण गरेपछि पहिलो पटक बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा देवीले उक्त जानकारी दिएकी हुन् ।

स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन जहिल्यै भद्रगोलको अवस्था सिर्जना भएपछि मन्त्रालयले मापदण्ड तयार गर्न लागेको हो । उनले गत साउन २९ मा साहले मन्त्रालयको जिम्मेवारी सम्हालेकी थिइन् । उनले यस अवधिमा हासिल गरेका मुख्य उपलब्धिबारे पत्रकार सम्मेलनमा जानकारी दिएकी छिन् ।

उनले सङ्घीयता कार्यान्वयनमा सहजीकरण, प्रशासनिक पुनर्संरचना तथा मानव संसाधनको समयानुकूल विकास तथा परिचालन नै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मुख्य जिम्मेवारी रहेको उल्लेख गरेकी छिन् । उनले सार्वजनिक गरेको उपलब्धिलाई पाँचवटा विषय विभाजन गरेकी छिन् । जसमा ऐन नियम निर्माण तथा परिमार्जन, सङ्घीयता कार्यान्वयन सहजीकरण, सार्वजनिक सेवा प्रवाह, वार्षिक कार्यक्रम कार्यान्वयन र पूर्वाधार विकास सहजीकरण विषय छन् । 

ऐन निर्माणतर्फ निर्माणजन्य सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसदमा दर्ता भएको जानकारी देवीले दिइन् । उनले सङ्घीय निजामती सेवा ऐन सम्बन्धी विधेयकको मस्यौदा उपर लोकसेवा आयोगको रायसहित नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत गराई सङ्घीय संसदमा विधेयक पेश गर्ने अवस्थामा रहेको बताइन् ।

फोहोर मैला सम्बन्धी कानुन निर्माणको लागि विधेयकको मस्यौदा तयार भइरहेकोमा नेपाल सरकार कार्य विभाजन नियमावलीमा संशोधन भए बमोजिम उक्त कार्य सहरी विकास मन्त्रालयमा हस्तान्तरण गरेको जानकारी देवीले दिइन् । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को संशोधन विधेयकको तयारीको लागि सम्बन्धित निकायहरूसँग राय माग भई अन्तिम मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रक्रिया अगाडि बढाइएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । 

सङ्घीयता कार्यान्वयन सहजीकरण सम्बन्धमा अन्तर सरकार समन्वयका लागि विषयगत समिति गठन गरिएको जनाइएको छ । स्थानीय तहको मध्यमकालीन खर्च संरचना तर्जुमा दिग्दर्शन, २०७८ परिमार्जन गरिएको जानकारी मन्त्री देवीले दिइन् ।

उनले भनिन्, ‘वार्षिक सभा गर्न नसकेका स्थानीय तहहरूलाई सभा सञ्चालनमा सहजीकरण गर्न गाउँपालिका महासङ्घरनगरपालिका महासङ्घसँग संयुक्त बैठक गरिएको छ ।’ राष्ट्रिय किताबखाना ९निजामती० बाट निजामती कर्मचारीको वैयक्तिक विवरण फारम (सिटरोल)प्रमाणित गर्ने प्रणालीलाई पूर्णतया अनलाइनमा आधारित बनाइएको जानकारी देवीले दिइन् । 

निजामती अस्पतालमा प्रतिदिन सरदर ८ सय भन्दा बढी सेवाग्राहीले बहिरङ्ग सेवा लिँदै आएको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।  प्रदेशमा कार्यरत कर्मचारीको अभिलेखलाई प्रविधिमैत्री बनाउने गरी पिआइएस पोट्रल सुदूरपश्चिम प्रदेश सरकारसहित ७ वटै प्रदेशमा हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । 

वार्षिक कार्यक्रम कार्यान्वयन सम्बन्धमाकार्तिक मसान्तभित्र सम्पन्न हुनुपर्ने २५ वटा माइलस्टोनमध्ये सबै माइल स्टोनको कार्य प्रारम्भ भई १९ वटाको सम्पन्न (७६% प्रगति) भएको दाबी मन्त्री देवीले गरिन् । आर्थिक वर्ष ०८०र०८१ को दोस्रो त्रैमासिक अवधि सम्मको लागि विनियोजित जम्मा बजेटको हालसम्म २३.४६ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ । मन्त्री देवीले प्रधानमन्त्री र आफूबिच भएको कार्यसम्पादन सम्झौतामा ७६५ प्रगति हासिल भएको बताइन् । 

नवप्रवर्तनमा आधारित स्थानीय आर्थिक विकास कार्यक्रम सञ्चालन कार्यविधि, २०८० स्वीकृत भई स्थानीय तहबाट परियोजना प्रस्ताव माग गर्ने चरणमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार १९ वटा स्थानीय तहको मध्यमकालीन खर्च संरचना उपर स्थलगत रूपमा सहजीकरण तथा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । 

स्थानीय पूर्वाधार विकासमा सहजीकरणका सम्बन्धमा भने साना विकास परियोजना अन्तर्गत विभिन्न २१ वटा स्थानीय तहबाट प्राप्त परियोजनाहरूको अध्ययन गरी अर्थ मन्त्रालयमा सिफारिस गरिएको जानकारी मन्त्री देवीले दिइन् । 

स्थानीय पूर्वाधार सहयोग कार्यक्रम (एलआइएसपी) को संरचनागत व्यवस्था गरी कार्यान्वयनमा गएको मन्त्रालयले जनाएको छ । अन्तर सरकारी सम्बन्ध र समन्वयको लागि कार्य विस्तृतीकरण परिमार्जनको प्रारम्भिक सुझाव सङ्कलनको लागि प्रदेशस्तरीय अन्तरक्रिया सम्पन्न भइरहेको छ । भरतपुर महानगरपालिका र चीनको सिगात्से नगरपालिकाबिच भगिनी सम्बन्ध कायम भएको जानकारी देवीले दिइन् । त्यस्तै झापाको अर्जुनधारा नगरपालिका र संयुक्त राज्य अमेरिकाको अर्लिनटोन, भीमेश्वर नगरपालिका र चीनको सिचुवान प्रान्तबिच भगिनी सम्बन्ध कायम गर्न आवश्यक समन्वय भइरहेको जानकारी पत्रकार सम्मेलनमा दिइयो ।

कोशी प्रदेशको विराटनगर र मधेस प्रदेशको राजविराजमा ७७ वटा स्थानीय तहको सहभागितामा स्थानीय तहले हासिल गरेका ‘असल अभ्यास’ आदान प्रदान कार्यक्रम सम्पन्न भएको जानकारी मन्त्री देवीले दिइन् । साभार रातोपाटी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement