Advertisement
Advertisement
Advertisement
Advertisement

स्तनमा क्यान्सर भएका बिरामीको स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञको सेवा नर्भिकमा

  |      13:18:00   |  
स्तनमा क्यान्सर भएका बिरामीको स्तन बचाएर क्यान्सरको उपचार गर्ने विशेषज्ञको सेवा नर्भिकमा

बैशाख १४, काठमाडौं । स्तन क्यान्सरको समस्याबाट पीडित धेरै बिरामीहरूमा स्तन बचाएर पनि क्यान्सरको उपचार गर्न सकिन्छ भन्ने जनचेतना हुँदैन । क्यान्सरको उपचार गर्ने उद्देश्यले जनरल सर्जनमा पुग्ने त्यस्ता बिरामीहरुले स्तन बचाएर पनि क्यान्सरको उपचारको विकल्प सुन्न पाउँदैनन् । परिणामः बचाउन सकिने स्तनलाई क्यान्सरको उपचारको नाममा काटेर फालिन्छ । तर, नेपालमा न्यून संख्याका क्यान्सर सर्जन यस्ता पनि छन्, जसले स्तन बचाएर क्यान्सरको सर्जरी गर्छन् र सम्बन्धित बिरामीको रुप बिग्रिन दिँदैनन् । स्तन नहुँदाको आत्मविश्वास गुम्न दिँदैनन् । त्यस्तै सर्जन थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा पनि उपलब्ध छन् । 

भारतका प्रतिष्ठित स्वास्थ्य संस्थाहरुमा रहेर स्तन क्यान्सरको विषयमा खोज गरेकी नेपाली चिकित्सक तथा ल्याप्रोस्कोपिक सर्जन डा.बानिरा कार्कीले नर्भिकमा स्तन क्यान्सर बिरामीका लागि अत्याधुनिक उपचार सेवा दिइरहेकी छिन् । डा. कार्की काठमाण्डौमा उपलब्ध एकमात्र महिला स्तन क्यान्सर विशेषज्ञ तथा सर्जन पनि हुन् । 

डा. कार्कीले हाल नर्भिक अस्पतालमा प्रत्येक हप्ताको सोमबार, बुधबार र शुक्रबार बिहान ९ बजेदेखि ११ बजेसम्म २ घण्टा स्तन क्यान्सर महिलाहरुलाई लक्षित गरी ओपिडी सेवा दिइरहेकी छिन् । त्यसबाहेक स्तन क्यान्सरको सर्जरी सेवा पनि उनले दिइरहेकी छिन् । 

‘अहिलेसम्मको अध्ययनको निश्कर्ष हेर्दा महिलाहरुले लाज, धक र डर तथा पुरुष डाक्टर भएकै कारण समयमै ब्रेस्ट क्यान्सरको लक्षणको विषयमा बताउन चाहँदैनन्’ डा. कार्की भन्छिन् ‘तर सर्जन पनि महिला नै हुँदा क्यान्सरबाट पीडित महिलाहरुले समयमै आफ्नो समस्या बताउन सक्छन्, समयमै थाहा भयो भने स्तन क्यान्सरको उपचार सम्भव छ।’ 

डा। कार्कीका अनुसार प्रत्येक ४ महिलामध्ये १ महिला स्तन क्यान्सरबाट पीडित हुने गरेका पछिल्लो एक अध्ययनले देखाएको छ। 

यस्तै, विश्वका ६ महिलामध्ये एकजनाको स्तन क्यान्सरकै कारण ज्यान जाने गरेको छ। यो अनुपात अझै बढ्ने संभावना देखिएकोले समेत नेपालमा स्तन क्यान्सरको विषयमा राम्रो जनचेतना आवश्यक रहेको डा कार्की बताउँछिन्। यही आवश्यकतालाई महसुस गर्दै नर्भिकले समेत स्तन क्यान्सरको समस्यालाई विशेष प्राथमिकतामा राखेर यो सेवा दिइरहेको अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रले जानकारी दिए।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement