Advertisement
Advertisement
Advertisement
Advertisement

सेल्फिको जमानाले चम्कायो गायक सुजनको नाम

  |      23:44:00   |  
सेल्फिको जमानाले चम्कायो गायक सुजनको नाम

असार ४, काठमाडौं। धनकुटा जिल्लाको हात्तीखर्क भन्ने गाउँमा जन्मिएका गायक तिगेलाको सानैदेखि संगीतमा नै लाग्ने  योजना थियो । निकै लामो संघर्ष र साधना पश्चात् गायनमा भिजेका तिगेला अहिले नेपालमा सबैले रुचाएका गायकमध्ये एक हुन् । पछिल्लो समय श्रोताद्वारा सर्वाधिक रुचाइएको उनको गीत हो पप्पी देऊ न । यो गीत नेपाली युवाहरूको मुखमुखमा झुण्डिएको छ । कालजायी एल्बमको ‘अरे के साह्रो व्युटी लुङमा ज्यू’, कान्तिपुर एल्बमको ‘कथाले नै मागेपछि’, बिच बाटो फिल्मको ‘सेल्फिको जमना’ लगायत यी तिन गीतले गायक तिगेलालाई सांगीतिक क्षेत्रको उचाईमा पुर्‍याए ।  सबैभन्दा बढी सेल्फिको जमाना बोलको गीतले सुजनको नाम धेरै चम्कायो । पाश्र्व गायनमा सबै किसिमका गीत पर्ने भएकाले गायक तिगेला आफू पाश्र्व गायनका लागि नै जन्मिएको र  आफूलाई पाश्र्व गायनका स्थापित कलाकार ठान्छन् ।

‘गौतम बुद्ध जन्मिए जहाँ’  बोलको गीतबाट उत्कृष्ट स्वदेश गानमा २०७२ सालताका नै कालिका एवार्डमार्फत् उनको गायनको प्रशंसा भयो । त्यसपछि उनी झन् हौसिएर संगीत साधनामा लागे । संगीत कोर्ष गर्दाताका उनी ६ वर्षसम्म दिनको १४ घन्टासम्म साधना गर्दथे । निरन्तरको मेहेनत र धैर्यले मानिसलाई सफलता प्रदान गर्छ भन्ने कुरालाई आत्मसात् गरेका यी गायक आफ्नो सफलताको श्रेय निरन्तरको साधना एवं मेहनतलाई मान्दछन् । उनी अहिले विभिन्न ठाउँमा आयोजना हुने सोहरूमा एउटै बसाइमा लगातार धेरैभन्दा धेरै गीत गाउन सक्छन् । २० वटा नेपाली चलचित्रका गीतमा स्वर दिइसकेका गायक तिगेला अहिले आफ्नो नयाँ एल्बमको तयारी गर्दै छन् । तिगेलाले आफ्नो जीवन नै संगीतमा समर्पण गर्ने योजना बनाएका छन् ।

२ सयको हाराहारीमा गीत गाइसकेका गायक सुजन तिगेला नेपाली सांगीतिक क्षेत्रका उदीयमान तारा हुन् । १२ वर्षदेखि सांगीतिक क्षेत्रमा आबद्ध गायक तिगेला जीवन नै संगीतमै अर्पण गर्ने प्रतिबद्धताका साथ यो क्षेत्रमा होमिएका हुन् । सांगीतिक क्षेत्रमा प्रवेश गर्दाताका न उनीसँग कुनै संगीतको ज्ञान नै थियो न कसैले खुलेर सहयोग नै गर्दथे । गायनमा लाग्ने अदम्य उत्साह भए पनि संगीतको ज्ञान उति नभएकाले उनी संगीतको कोर्ष गर्न भनेर भारतको दार्जलिङ प्रस्थान गरे । त्यहाँबाट ६ वर्षको संगीत कोर्ष पूरा गरेर मात्र उनी नेपाल फर्के । स्कुले जीवनदेखि नै गीत संगीतमा जीवनको मर्म र अर्थ देख्ने तिगेलाले नेपाल फर्केर पूर्वेली लोकभाका मार्फत गायन यात्रा सुरु गरेका थिए ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement