Advertisement
Advertisement
Advertisement
Advertisement

सेयर बजारमा युवाको आकर्षण बढ्दो, भन्छन्, ‘दोस्रो बजारमा लगानी गर्न अध्ययन आवश्यक’

  |      15:27:00   |  
सेयर बजारमा युवाको आकर्षण बढ्दो, भन्छन्, ‘दोस्रो बजारमा लगानी गर्न अध्ययन आवश्यक’

असार २४, काठमाडौं । नेपालमा कोरोना कहरले धेरैजसो क्षेत्रलाई असर गरेको छ। कतिपय क्षेत्र पुनरुत्थान हुन वर्षौं लाग्ने अध्ययनहरुले देखाउँदै आएको छ। कोरोनाले गर्दा कतिपय व्यवसाय बन्दसमेत भएका छन्। व्यवसायमा संलग्नहरुले लाखौँको घाटा पनि बेहोर्नुपर्यो। तर, कोरोनाको बेला सेयर बजारमा लगानी सुरु गरेकाहरुलाई भने फाइदा नै फाइदा भयो। 

कोरोना सुरु भएसँगै सेयर बजारमा लगानीकर्ताको संख्याका साथै कारोबार रकम पनि ह्वात्तै बढेको हो। अहिले नेपालमा लगानीकर्ताको डिम्याटको संख्या झन्डै ३५ लाख हाराहारी पुगेको छ। त्यस्तै कोरोना सुरु हुनुअघि अनलाइनबाट कारोबार गर्ने लगानीकर्ताको संख्या ३५ हजार थियो। अहिले ७ लाख हाराहारी पुगेको छ। 

कोरोना कहर र लकडाउन सुरु भएसँगै सेयर बजारमा धेरै लगानीकर्ताले लगानी सुरु गरेका हुन्। ‘कोरोना कहरमा घरमा बसेर के गरौँ रु भयो, त्यसैले समय बिताउन सेयर बजारमा लगानी सुरु गरे। अहिले बजार राम्रो आम्दानीको स्रोत बनेको छ’, एक जना लगानीकर्ताले भने।

काठमाण्डौकी अरुणा कार्की न्यु समिट कलेजमा बीबीएम दोस्रो वर्ष अध्ययनरत छिन्। कोरोना र लकडाउन सुरु भएसँगै कार्कीले आईपीओबाट लगानी गर्न सुरु गरेकी हुन्। कार्कीको पोर्टफोलियोमा अहिले निफ्रा, ज्योति लाइफ, प्रभु लाइफलगायत अन्य कम्पनीको आईपीओ छ। ‘कोरोनाले गर्दा सेयर बजार बुझ्ने मौका पाएँ। अहिले लकडाउनमा सेयर बजारबारे पुस्तक साथै भिडियोहरु हेरेर सिक्दैछु’, उनले भनिन्, ‘अबको केही महिनामा नै दोस्रो बजारमा पनि लगानी गर्छु। सेयर बजारमा अध्ययन गरेर लगानी गरे राम्रो मुनाफा कमाउन सकिने रहेछ। त्यसैले अहिले समय सेयर बजार अध्ययनमा लगाएको छु।’

पेसाले उद्यमी भए पनि पाल्पाका सुन्दर बस्याल विगत केही वर्षदेखि सेयर बजारमा लगानी गर्दै आएका छन्। बस्याल भन्छन्, ‘आईपीओमा लगानी गरेको झन्डै ८ वर्ष भयो। दोस्रो बजार चाहिँ लकडाउनपछि हो।’

बजार बढ्नुका साथै आफ्नो साथीहरुले पनि दोस्रो बजारमा लगानी सुरु गरेकाले आफूले पनि लगानी सुरु गरेको बस्यालले बताए। ‘लकडाउनको बेलामा व्यवसाय पनि बन्द थियो। त्यही मौकामा सेयर बारे अध्ययन र अनुसन्धान सुरु गरे। अहिले त तिनै साथीहरुलाई सेयर बजार बारे बुझाउने भएको छु’, उनी भन्छन्, ‘कोरोनाले व्यवसायलाई असर गरे पनि सेयर बजारबाट भने राम्रै आम्दानी भयो। लकडाउनको बेलामा पनि सेयर बजार दैनिकी खर्चका लागि आयआर्जनको स्रोत बन्यो।’ 

कानुनका अध्यापक तथा राजनीतिक अभियन्ता हरिशप्रसाद भट्ट विगत केही महिनादेखि सेयरमा लगानी गर्दै आएका छन्। भट्ट भन्छन्, ‘पहिलो लकडाउनपछि बैतडीबाट काठमाण्डौ आउँदा क्याफे, बस, कलेजलगायत अधिकांश ठाउँहरुमा सेयरबारे चर्चा र बहस हुन्थ्यो। अब चाहिँ सेयरमा लगानी गर्नुपर्छ भनेर सेयरमा लगानी गर्नु भएका लगानीकर्ताहरुबाट सेयरबारे सिके। आईपीओमा लगानी गर्ने सुरु गरे। अहिले म्युचुअल फण्डमा पनि लगानी गरेको छु । केही लघुवित्तहरुमा पनि लगानी गरेको छु।’ 

‘सेयर बजारमा धेरै समय दिनु नपर्ने रहेछ। सेयरबाट सजिलै पकेट खर्च आउने भएकाले आम्दानीको राम्रो स्रोत बन्दै गएको छ’, भट्टले प्रश्न गर्दै भने, ‘घरमा बसेर १ हजार लगानी गरेर १०–१५ हजार रुपैयाँसम्म नाफा हुने व्यवसाय अरू कुन होलारु

काठमाण्डौकी दिक्सुन शेर्पा विगत ४ वर्षदेखि सेयरमा लगानी गर्दै आएकी छन्। भर्खरै स्नातक अध्ययन सकाएकी शेर्पा अहिले अन्तरप्रेरणा नामको संस्थामा आबद्ध छिन्। ‘तीन वर्षसम्म त आईपीओमा लगानी गरे। अहिले बजार बढ्दो क्रममा भएकाले दोस्रो बजारमा पनि लगानी गरेको छु’, शेर्पा भन्छिन्, ‘आईपीओमा लगानी सुरु गर्दा धेरै अध्ययन आवश्यक थिएन। दोस्रो बजारमा लगानी सुरु गरेपछि अहिले सेयरबारे पुस्तकहरु अध्ययन गरेर धेरै कुराहरु सिक्दै छु।’ 

शेर्पाले वारेन बफेटको लगानी रणनीतिलाई पछ्याउने भएकाले अहिले फन्डामेन्टली राम्रा कम्पनीहरुमा लगानी गरेको बताउँछिन्। आउने दिनहरुमा बजारमा अध्ययन गरेर अझ धेरै लगानी गर्ने उनको योजना छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement