वैशाख १९, काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आइसिटी दिवसको अवसरमा वुमन इन इन्फर्मेसन टेक्नोलोजी (डब्लुआईआईटी) आयोजना गरेको एक कार्यक्रममा सूचना प्रविधिमा महिलाको सहभागिता बढाउन सहभागि सरोकारवालाहरूले जोड दिएका छन् । सुरक्षित इन्टरनेट पहुँचको नारा बोकेर सम्पन्न भएको उक्त कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा आबद्ध करिब ५० महिलाहरूको सहभागिता थिए । दिवसको अवसर पारेर डुब्लुआईआईटीले बिहीबार ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ सम्मेलन आयोजना गरेको हो ।
कार्यक्रममा सूचना प्रविधि क्षेत्रमा स्थापित अब्बल महिलाहरूले सुरक्षित इन्टरनेट पहुँचका विषयमा कार्यपत्र समेत प्रस्तुत गरेका थिए । जसमा साइबर सुरक्षा कम्पनी मुनाल टेक प्रालीकी संस्थापक सीईओ मोना न्याँचो, एनसेलको इन्फर्मेसन सेक्युरिटी यूनिट हेड यास्मिन भट्टराई र नेपाल प्रहरीकी प्राविधिक तथा इन्जिनियर दिपा भट्टराईले साइबर सुरक्षाका विविध आयाम, थ्रेट र जनचेतनामुलक कार्यपत्र प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा २०२० की आइसिटी आईकन प्राध्यापक तिमिला यामी थापाले आइसिटी क्षेत्रको आफ्नो यात्रा अनुभव सुनाइन् । साइबर सुरक्षामै आधारित रहेर एउटा प्यानल छलफल कार्यक्रम समेत आयोजना गरिएको थियो । उक्त प्यानलमा साइबर सेक्युरिटी कम्पनी ईमिनेन्स वेजकी विजनेस डेभलपमेन्ट हेड निशा उपाध्याय, नेपाल बैंक लिमिटेडकी इन्फर्मेसन सेक्युरिटी अफिसर आईएसओ बन्दना शर्मा, नेपाल टेलिकमकी निर्देशक विनिता श्रेष्ठ र साइबर सुरक्षा सेवा प्रदायक कम्पनी लगपोइन्टकी सेक्युरिटी अनुसन्धानदाता शुस्मा शर्मा रहेका थिए । प्यानल छलफललाई क्यान महासंघकी वरिष्ठ उपाध्यक्ष तथा डब्लुआईआईटीकी कार्यकारी सदस्य रत्न तारा वैद्यले मध्यस्थता गरेकी थिइन् । छलफलमा सम्पूर्ण महिलाहरूले आफ्नो क्षेत्रमा हुँदै आइरहेको साइबर सुरक्षाका कार्यहरूको बारेमा बोलेका थिए ।
यस्तै, कार्यक्रमका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले आइसिटी क्षेत्रमा महिलाको सहभागिता बढाउन र साइबर सुरक्षा कायम गर्न आगामी वर्षको बजेट तथा नीति कार्यक्रममा समेत व्यवस्था गर्ने बताए । त्यसका लागि आइसिटी क्षेत्रका विज्ञ महिलाहरूको परामर्शको खाँचो मन्त्रालयलाई सदैव रहेको उनले जानकारी गराएका थिए।
यसैगरी, डब्लुआईआईटीकी अध्यक्ष गुनाकेशरी प्रधानले ९ जनाबाट सुरु भएको डब्लुआईआईटीले आयोजना गरेको कार्यक्रमले प्रविधिको क्षेत्रमा संलग्न सम्पूर्ण महिलाहरूलाई एकैथलोमा ल्याएर सम्बन्ध सञ्जाल विस्तार गर्न सहयोग पुराएको बताइन्।
यस्तै, नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले आईसीटीमुलक कार्यक्रमहरू सहर केन्द्रित भएको र उपत्यका बाहिरका सम्पूर्ण सुधुर क्षेत्रमा समेत यस्ता किसिमका कार्यक्रमहरुलाई पुर्याउन सुझाव दिँदै प्राधिकरण सहयोगका लागि सदैव तयार रहने प्रतिवद्धता गरे ।
जेठ ०८ काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा र जापानका विदेश मन्त्री इवाया ताकेसीबीच...
जेठ ०८ काठमाडौं । सगरमाथाको आरोहण गरेकी नेपाल प्रहरीकी प्रहरी सहायक निरीक्षक (असई) कुन्जाङ...
जेठ ०८ काठमाडौं । श्रीमतीको हत्या आरोपमा धनुषा प्रहरीले धनुषाको लक्ष्मीनिया गाउँपालिका...
जेठ ०८ काठमाडौं । शहर नबिउँझिनुअघि नै बिउँझिन्छन्, शान्ति श्रेष्ठ। एकाबिहानै धरानबाट गाडी...
जेठ ०८ काठमाडौं । अमेरिकामा इसराइली दूतावासका दुई कर्मचारीको हत्या भएको छ। स्थानीय...
जेठ ०८ काठमाडौं । मकवानपुरमा खाना बनाउने क्रममा आगलागी हुँदा दुई जना घाइते भएका �...
जेठ ०८ काठमाडौं । वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार...
जेठ ०७ काठमाडौं । कैलालीमा एक महिला प्रहरी सम्मानित भएकी छन् । बुधबार अस्थायी प्रहरी पोष्ट...
जेठ ०७ काठमाडौं । डडेल्धुराको आलिताल गाउँपालिका–६ दोबाटोमा हावाहुरीले सल्लाको रूख ढलेर...