Advertisement
Advertisement
Advertisement
Advertisement

सुशान्तको हत्याबारे गहिराइमा गएर छानबिन गर्न बहिनी श्वेताको अनुरोध

  |      17:57:00   |  
web imege
web imege

पुष १२, काठमाडौँ । शवगृहका एक कर्मचारीले सुशान्तसिंह राजपुतको मृत्यु नभई हत्या भएको कुरा गरेसँगै बहिनी श्वेता सिंहले सीबीआई(केन्द्रीय अनुसन्धान ब्युरो)लाई उक्त घटनाको गहिराइमा गएर छानबिन गर्न अनुरोध गरेकी छन् ।

सन् २०२० मा मुम्बईको अपार्टमेन्टमा मृत फेला परेका सुशान्तको शवलाई पोस्टमार्टमका लागि शवगृमा राखिएको थियो । त्यही शवगृहमा काम गर्दै आएका कर्मचारीले सुशान्तको मृत्यु नभई हत्या भएको कुरा गरेसँगै बलिउडमा फेरि सुशान्तको मृत्यु चर्चामा छ ।

यदि यो व्यक्तिले भनेको कुरा वास्तविक हो भने म सीबीआईलाई यस घटनामा अझै लगनशीलतापूर्वक अनुसन्धान गर्न अनुरोध गर्दछु । तपाईंहरुले निष्पक्ष भएर अनुसन्धान गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं, श्वेताले सामाजिक सञ्जाल इन्स्टाग्राममा लेखेकी छन्, घटनाको सत्यता नजिक पुग्न नसकेकोले अझै हाम्रो मन दुखिरहन्छ ।

टिभी नाइन मराठीसँगको एक अन्तरवार्तामा शवगृहका कर्मचारी रुपकुमार शाहले भनेका थिए,ुसुशान्तको मृत्युपछाडि शवगृहमा पाँचवटा मृत शरीर ल्याइएको थियो । हामीलाई त्यसमध्येमा भीआईपीको शरीर पनि रहेको कुरा जनाइएको थियो । तर, त्यो शरीर सुशान्तको हो भन्ने हामीलाई थाहा थिएन । तर, जब मैले सुशान्तको शरिर देखें मैले मेरो सिनियरलाई यो त मृत शरीर होइन हत्या गरिएको हो भनें । त्यसैले हामीले त्यही अनुसारले काम गर्नुपर्छ भनेँ ।

‍तिमी आफ्नो काम गर म आफ्नो गर्छुु भन्ने जवाफ आएपछि रुपकुमार शरीर काटेर सिलाउनतिर लागे । त्यो पोस्टमार्टमको पूरा भिडियो खिच्न जरुरी थियो । तर, मेरो सिनियरले फोटोको काम सकेर शवलाई सकेसम्म हस्तान्तरण गर्न चाहेको कुरा गर्नुभयो । त्यसैले हामले रातमा पोस्ट मार्टम गर्‍यौं,उनले भनेका छन् ।

सुशान्तको कपडा खोलिदिँदा शरीरमा चोट पटक देखा परेकोसमेत उनले अन्तरवार्तामा खुलाएका छन् । मारपिटकै कारण हात र गोडा भाँचिएको हुनसक्नेसमेत अन्तरवार्तामा दाबी गरेका छन् । सीबीआईले यसअघि भने सुशान्तको मृत्युलाई आत्महत्याको करार गरिदिएको थियो ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement