Advertisement
Advertisement
Advertisement
Advertisement

उमेर बढ्दै जाँदा यस्तो हुनुपर्दछ व्यक्तिको वित्तीय योजना

  |      17:24:00   |  
उमेर बढ्दै जाँदा यस्तो हुनुपर्दछ व्यक्तिको वित्तीय योजना

मंसिर ३,काठमाडौं । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित राख्छन् भने केही सुखी जीवनको आनन्द लिँदै अरुलाई पनि सुखी र खुसी बनाउन सक्षम हुन्छन् ।

हुन त आर्थिक आवश्यकता समय सँगसँगै परिवर्तन भइरहेको हुन्छ । समय सबैदिन एकनास हुँदैन पनि । तर मानिसहरुले सोच्दै नसोचिकन आम्दानीभन्दा खर्च धेरै गरिरहेको हुन्छन् ।

कोही भविष्यको बारेमा केही पनि सोच्दैनन र आम्दानी भए जत्ति वा ऋण गरेर भए पनि खर्च गर्दछन् । अर्काथरी व्यक्तिहरु आम्दानीभन्दा खर्च कम गर्छन् र बाँकी भएको रकम बचत गर्छन् । तेस्रो प्रकारका मानिसहरु आफूसँग भएको पूँजी वा कुनै माध्यमबाट पूँजी जम्मा परेर सानो वा ठूलो लगानी गरिरहन्छन्  । त्यसैले त भन्ने गरिन्छ, लगानी गर्न लगन कुरिरहनु पर्दैन ।

सामान्यतया, तपाईंले वर्षमा एकपटक आफ्नो वित्तीय योजनालाई समीक्षा गर्नै पर्दछ । वित्तीय विश्लेषकहरुले विशेष गरी वित्तीय वर्षको अन्त्य वा सुरुमा यसबारे समीक्षा गर्ने हो भने आर्थिक रुपले जीवन सहज रुपमा अगाडि बढाउन मद्धत पुग्ने बताएका छन् । यसबाहेक उनीहरुले आय परिवर्तन हुँदा र ऋण लिँदा जस्ता धेरै अवसरहरूमा वित्तीय योजनाको समीक्षा गर्नु महत्त्वपूर्ण हुने बताएका छन् ।उमेर बढ्दै जाँदा यस्तो हुनुपर्दछ व्यक्तिको वित्तीय योजनावित्तीय योजना अन्तरगत आजको श्रृंखलामा निम्न अवस्थामा वित्तीय योजनाको समीक्षा गर्नु आवश्यक हुन्छ । ती यसप्रकार छन् ।

१. जब आयमा परिवर्तन हुन्छ
यदि आम्दानी बढ्दै गएको छ भने त अतिरिक्त आम्दानीलाई विभिन्न लगानी उपकरणहरूमा लगानी गर्नुहोस् जसले तपाईंलाई आफ्नो वित्तीय लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ। यतिमात्र नभएर जीवन र स्वास्थ्य बीमातर्फ पनि लगानी बढाउनुहोस्। यदि अनावश्यक खर्च भइरहेको छ भने घटाउनुहोस्। आम्दानी घट्ने वा रोकिने अवस्था छ भने चाहिं पहिलेको बचतको प्रयोगलाई प्राथमिकता दिनु पर्दछ । 

२. महत्त्वपूर्ण घटनाहरूमा
जस्तो कि विवाह, बच्चाको जन्म जस्ता धेरै घटनाहरू सामाजिक जीवनका महत्त्वपूर्ण कोसेढुंगा हुन्। नगरिकन पनि नहुने यस्ता कार्यक्रमका लागि वित्तीय वर्षको अन्त्यमा नै योजना बनाउनु पर्दछ । यसका लागि पैसा कहाँबाट आउँछ, ऋण लिनै पर्ने हो भने तिर्ने व्यवस्था के छ ?कसरी तिर्ने भन्ने योजना बनाउनु पर्दछ । यस्ता खालका तपाईंको योजनामा जीवनसाथी, बच्चाहरु, परिवारको आवश्यकताहरुलाई पनि समावेश गर्न आवश्यक छ।

३.ऋण लिँदा
बालबालिकाको उच्च शिक्षा आदिका लागि ऋण लिँदा पनि आर्थिक योजनाको समीक्षा गर्नुपर्दछ ।  बालबालिकाले पढेपछि समयमै जागिर पाएनन् भने ऋण तिर्नको लागि कस्तो व्यवस्था छ, त्यस्ता अवस्थालाई समीक्षा गरी आर्थिक योजनामा ​​समेट्नुपर्छ ।

४ .घर या कार खरिद गर्दा
घर वा कार किन्नु प्रायः धेरै मानिसहरुको आवश्यकताको विषय हुन सक्दछ । यस्तो खरिद गर्दा ठूलो रकमको जोहो गर्नुपर्दछ । यससँगै यससँग सम्बन्धित अरु खर्च पनि बढ्दै जान्छ । ऋण चुक्ता, मर्मत खर्च र बीमाको लागि थप व्यवस्था गर्न वित्तीय योजनाको समीक्षा आवश्यक छ।

५. बृद्धअवस्थामा
बढ्दो उमेरसँगै मानिसमा रोगको जोखिम पनि बढ्दै जान्छ । यसबाहेक आम्दानी पनि स्थिर हुन्छ । निश्चित समयपछि तपाईंले सेवानिवृत्ति योजनाको समीक्षा गर्न महत्त्वपूर्ण छ। बढ्दो मुद्रास्फीति समायोजनसँगै स्वास्थ्य र जीवन बीमाको कभर बढाउनेतर्फ पनि विचार गर्नुपर्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement