अमेरिकाको सान डिएगो सहरको फलब्रुक क्षेत्रमा ३ वर्षीय दाजुले आफ्नै १ वर्षीय बहिनीको गोली हानी हत्या गरेका छन् ।
यो घटना गत सोमबार दिन भएको हो, जब एक तीन वर्षीय दाजुले खेल्दै गर्दा गोलीले भरिएको बन्दुक समातेर बहिनीलाई गोली हानेको थियो।
सिएिस ८ को रिपोर्ट अनुसार सान डिएगो काउन्टी शेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जार्जुराले घटनाको बारेमा जानकारी दिएका छन्।
लेफ्टिनेन्ट जोसेफ जार्जुराले एक प्रेस विज्ञप्ति जारी गर्दै भने कि सान डिएगो शेरिफले लगभग बिहान ७ः३० बजे फोन प्राप्त भएको थियो ३ वर्षीय दाजुले आफ्नी १ वर्षीया बहिनीलाई गलतीले गोली हानेको छ। सूचना प्राप्त हुनासाथ सान डिएगो शेरिफ प्रहरी बलसहित घटनास्थल पुगेका थिए ।
प्रहरी टोली घटनास्थलमा पुगेपछि ३ वर्षीय बालकको हातमा भरुवा बन्दुक र १ वर्षीया बालिका टाउकोमा गोली लागेको अवस्थामा भुइँमा लडिरहेको देखे । सान डिएगो सेरिफ विभागका लेफ्टिनेन्ट जोसेफ जरजुराले परिवारको सम्मानका कारण उनको नाम खुलाउन नसकेको बताए ।
प्रहरीले पीडितलाई तुरुन्तै नजिकैको पालोमार अस्पताल पुर्याएको थियो, जहाँ चिकित्सकले बालिकालाई मृत घोषणा गरेका थिए ।
शेरिफ विभागले मृत्यु भएकी बालिकाको नाम भने खुलाएको छैन । घटनाको अनुसन्धान गरिरहेको टोलीले घटनाको थप विवरण संकलनको लागि काम गरिरहेको जनाएको छ ।
अनुसन्धान टोलीले घटनाबारे अन्य कुनै जानकारी भएमा हत्या युनिटमा सम्पर्क गर्न आग्रह गरेको छ । यस बाहेक शरिफ विभागको टोलीले अपराध रोक्ने उपाय पनि साझा गरेका छन, जसमा अपराध रोक्न सुझाव दिन आग्रह गरिएको छ ।
एजेन्सी
पुस १३, काठमाडौं । विश्वकै सर्वाधिक धनाढ्य महिला फ्रान्सुआ बेटेनकोटको सम्पत्ति १०० अर्ब डलर...
मंसिर ३,काठमाडौं । सम्पन्न र सुखी जीवन सबैको चाहना हो । कोहीले यसलाई सपनामा मात्र सीमित...
मंसिर १,काठमाडौं ।संसारमा केही देशहरुले चिनियाँ सर्टभिडियो एप टिकटकलाई प्रतिबन्ध लगाएका छन्...
कार्तिक ३०, काठमाडौं । चीनको प्रविधि कम्पनी हुवावेईले विश्वको सबैभन्दा द्रुत गतिको इन्टरनेट...
पहिला घर किन्ने कि गाडी ?यो प्रश्न तपाईको मात्र होइन आम उपभोक्ताको हुन्छ नै । कार्तिक २२,...
कातिक २१, काठमाडौं । को अभिभावक नहोला र जसले आफ्ना केटाकेटीको भविष्य उज्जल नभएको नदेखोस । हुन...
भदौ ३, काठमाडौं । अहिले विश्वभर मोबाइल फोन प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। योसँगै मोबाइलमा...
भदौ २२,काठमाडौं । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या...
भदौ २२,काठमाडौं । विश्वमा चलिरहेको आर्थिक सुस्तताले अहिले थुप्रै देशमा बेरोजगारीको संख्या...