Advertisement
Advertisement
Advertisement
Advertisement

सुरुङमा फसेकाको ९ दिनसम्म उद्धार हुन नसकेको भन्दै सांसद थपलियाको आपत्ति

  |      15:55:00   |  
सुरुङमा फसेकाको ९ दिनसम्म उद्धार हुन नसकेको भन्दै सांसद थपलियाको आपत्ति
भदौ १८ , काठमाडौं । भोटेकोशीमा आएको बाढीका कारण विभिन्न जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको नौ दिनसम्म पनि प्रभावकारी उद्धार हुन नसकेको भन्दै सांसद सिता थपलियाले सरकारप्रति आपत्ति जनाएकी छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद थपलियाले सुरुङमा फसेका नागरिकका परिवार राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएको बताइन्।
उनले बाढी आएको नवौँ दिनसम्म पनि त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’ लगायत जलविद्युत् आयोजनामा सयौँ कामदार फसेको जानकारी हुँदाहुँदै प्रभावकारी उद्धार हुन नसक्नु गम्भीर विषय भएको बताइन्।
‘राज्यको पहिलो दायित्व नागरिकको जीवन रक्षा गर्नु हो,’ उनले भनिन्, ‘बेपत्ता नागरिकका परिवारहरू आज राज्यको उद्धार प्रयासमाथि प्रश्न गर्न बाध्य भएका छन्।’
नागरिकको जीवन जोगाउन राज्य कुनै पनि मूल्यमा पछि हट्न नहुने भन्दै उनले अहिले नागरिकले राज्य चुकिरहेको अनुभूति गरिरहेको बताइन्।
सांसद थपलियाले बाढीका कारण धादिङलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको पनि सदनलाई जानकारी गराइन्। उनका अनुसार धादिङमा करिब पाँच सय घरपरिवार विस्थापित भएका छन् भने ६ वटा पक्की पुल र १३ वटा झोलुङ्गे पुल क्षतिग्रस्त भएका छन्।
बाढी तथा नदी कटानका कारण हजारौँ रोपनी खेतीयोग्य जमिनमा क्षति पुगेको र निजी तथा सरकारी विद्यालय, पेट्रोल पम्प, होटल तथा रिसोर्टलगायतका संरचनामा समेत ठूलो क्षति भएको उनले बताइन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement