वैशाख १२, काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण गर्दा मौलिक वास्तुशिल्प प्रतिविम्बित हुनुपर्ने बताएकी छन् ।
गोरखा भूकम्पको छैटौं स्मृतिका अवसरमा एक सन्देश दिँदै राष्ट्रपति भण्डारीले पुनर्निर्माणमा हाम्रो मौलिक वास्तुशिल्प प्रतिविम्बित गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएकी हुन् ।
नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण भूकम्प, बाढी पहिरो र डुबान जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको भन्दै उनले पर्यावरणमैत्री एवम् विपदको सामना गर्न सक्ने भौतिक संरचना निर्माणमा जोड दिएकी छन् ।
राष्ट्रपतिबाट जारी सन्देशमा लेखिएको छ, ‘भविष्यमा भूकम्पको जोखिमलाई न्यूनीकरण गर्न निजी आवास, सार्वजनिक तथा सरकारी संरचनाहरुको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्न र भवनसंहिताअनुसार दिगो नवनिर्माण कार्यका लागि म सम्बन्धित निकायको ध्यान आकृष्ट गर्न चाहन्छु ।’
भूकम्प स्मृति दिवसबाट सुरक्षित जीवनका लागि आपसमा मिलेर काम गर्ने प्रेरणा सबैलाई मिलोस् भन्ने कामना पनि गरेकी छन् ।
साभार : अनलाइनखबर
वैशाख २५,काठमाडौं ।वीरगञ्जमा दुई नेपाली युवतीलाई भारततर्फ लैजाँदै गरेका एक युवकलाई मानव...
वैशाख २५,काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन्...
वैशाख २५,काठमाडौं । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका...
वैशाख २५,काठमाडौं । महिलाहरू हरेक समयको रूपान्तरणको साक्षी भए पनि उनीहरूलाई अघि बढ्न अझै...
वैशाख २५,काठमाडौं । सिल्वर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा शाह यस वर्षको...
वैशाख २५,काठमाडौं । मालिका गाउँपालिका–६ दरबाङमा सञ्चालित तीनदिने निःशुल्क आँखा उपचार...
वैशाख २५,काठमाडौं । लघुवित्त पीडितहरूले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विभिन्न...
वैशाख २५,काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इ�...
वैशाख २५,काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने खण्डको मुनिभैरव मन्दिर नजिक तीनवटा...