असार १६, । काठमाडौं । नेपाली बजारमा सुनको भाउ बुधबार पनि घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ६०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला फाइन गोल्ड ९० हजार रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ५५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँले ओरालो लागेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९० हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १० रुपैयाँ घटेर १ हजार २९० रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँ घटेर चाँदी १ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।