असार २४, काठमाडौं । साताको पाँचौ दिन बिहीबार पनि सुनको भाउ उकालो लाग्ने क्रमले निरन्तरता पाएको छ।
आज सुनको भाउ तोलामा १०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। योसँगै प्रतितोला फाइन गोल्ड ९२ हजार ३०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ८०० रुपैयाँ कायम भएको छ।
हिजो बुधबार पनि सुनको भाउ तोलामा ४०० रुपैयाँ बढेको थियो। योसँगै हिजो प्रतितोला फाइन गोल्ड ९२ हजार २०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार ७०० रुपैयाँमा किनबेच भएको थियो।
चाँदीको भाउ पनि ओरालो लाग्ने क्रम जारी छ। आज पनि चाँदीको भाउ तोलामा १० रुपैयाँले घटेर १ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो बुधबार पनि तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार ३२० रुपैयाँमा किनबेच भएको थियो।