वैशाख ३, काठमाडौं। साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ आज तोलामा ७०० रुपैयाँले बढेको हो। योसँगै आज प्रतितोला फाइन गोल्ड ९० हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९० हजार रुपैयाँ कायम भएको छ।
हिजो बिहीबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ८९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ८९ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको भाउ पनि १० रुपैयाँले बढेर १ हजार ३०० रुपैयाँ कायम भएको छ। हिजो बिहीबार एकैदिन तोलामा ३० रुपैयाँ बढेर चाँदी १ हजार २९० रुपैयाँमा कारोबार भएको थियो।