Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीमा आरडिटी पोजेटिभ आएपछि बैतडी अस्पतालका १९ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

  |      11:50:00   |  
सुत्केरीमा आरडिटी पोजेटिभ आएपछि बैतडी अस्पतालका १९ स्वास्थ्यकर्मी क्वारेन्टिनमा

जेठ २४, बैतडी । जिल्ला अस्पताल बैतडीको सेवा तीन दिनदेखि प्रभावित भएको छ।

अस्पतालमा सुत्केरी भएकी एक महिलाको आरडिटी पोजेटिभ आएपछि ती महिलाको सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएपछि सेवा प्रभावित भएको हो। उच्च ज्वरोका साथै शङ्कास्पद लक्षण देखिएकी ती महिलाको आरडिटी गर्दा रिपोर्ट पोजेटिभ देखिएपछि प्रत्यक्ष सम्पर्कमा रहेका १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टिनमा राखिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा वसन्तराज जोशीले जानकारी दिए। 

यही जेठ २० गते राति शल्यक्रियामार्फत जिल्ला अस्पतालमै बच्चा जन्माएकी दोगडाकेदार–६ सित्तड घर भएकी ती महिलामा बुधबार जाँच गर्दा १०५।१ डिग्री फरेनहाइट ज्वरो देखापरेपछि आरडिटी गरिएको हो। नवजात शिशुको भने आरडिटी रिपोर्ट नेगेटिभ आएको छ।


ती महिलाको शल्यक्रियामा संलग्न र अन्य सम्पर्कमा रहेका  स्वास्थ्यकर्मीलाई पनि सेल्फ क्वारेन्टिनमा बस्न भनिएको प्रमुख डा जोशीले बताए। “अस्पतालमा आउने अरु बिरामी जाँच र अरुको सम्पर्कमा नजाने गरी सेल्फ क्वारेन्टिनमा बस्न भनेका हौँ”, उनले भने, “१९  स्वास्थ्यकर्मीले क्वारेन्टिनमा बस्दा सेवा पनि प्रभावित भएको छ, ती महिलाको पिसीआर पोजेटिभ आयो भने झनै समस्या हुने देखिन्छ।”

आरडिटी पोजेटिभ ती महिलाको स्वाब सङ्कलन गरी पिसीआर परीक्षणका लागि धनगढी प्रयोगशाला पठाइएको छ। पिसीआर परीक्षणपश्चात मात्रै महिलामा कोरोना भए नभएको थाहा हुने जनाएको छ। ती महिलालाई जिल्ला अस्पतालकै आइसोलेसनमा राखिएको छ। 

१९ वर्षीया महिला जेठ १९ गते जिल्ला अस्पतालमा भर्ना भएकी हुन्। सामान्यतया ४० हप्तामा बच्चा जन्मिने भए पनि ती महिलालाई ४३ हप्ता भइसक्दासमेत पेटको पानी सुकेर ब्यथा नलाग्ने समस्या रहेको डा जोशीको भनाइ छ। 

यसैबीच बैतडीको पाटन नगरपालिका–८ का ३१ वर्षीय कोरोना सङ्क्रमित युवकको प्रत्यक्ष सम्पर्कमा रहेका ३० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement