Advertisement
Advertisement
Advertisement
Advertisement

सुत्केरीको पीडा

  |      17:38:00   |  
सुत्केरीको पीडा

जेठ ११, स्वर्गद्वारी ।  प्युठान, गौमुखी गाउँपालिका वडा नं २ अर्खा निवासी ज्ञानबहादुर राना आफ्नो २८ दिनकी सुत्केरी श्रीमतीलाई लिएर जिल्ला अस्पताल प्युठान आउनुभएको छ । करीब एक महिनाकी सुत्केरी कामनाको स्वास्थ्यमा समस्या देखिएपछि अर्खाबाट जसोतसो गरेर एम्बुलेन्समा जिल्ला अस्पताल बिजुवार आइपुग्नुभएका उहाँलाई श्रीमतीको उपचार कसरी गर्ने भन्ने चिन्ता छ । 
प्युठान बाग्दुलामा ज्यामी काम गर्दै आउनुभएका रानाले कोभिड १९ का कारण मजदूरी गर्न पाउनुभएको छैन । बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उहाँहरुलाई दैनिक छाक टार्नसमेत मुश्किल परिरहेको छ । त्यसमाथि सुत्केरी भएको महिना दिन नपुगेकी श्रीमती बिरामी पर्दा  झनै पीडा थपिएको छ । 
जिल्ला अस्पताल बिजुवारका नर्सिङ इञ्चार्ज राधा केसीले अल्ट्रासाउण्ड गर्ने पैसा तिर्न नसकेर अहिले काम रोकिएको बताउनुभयो । अस्पतालमा यस्तो बिरामी  धेरै आउने तर एक महिनाको सुत्केरीको उपचारका लागि रु चारपाँच सयसमेत नभएर तड्पिएको देख्दा असाध्यै मन खिन्न हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,“औषधिको पैसा नर्सिङ स्टाफ मिलेर तिर्ने सोचेका छाँैं ।” बिरामीको स्तनमा समस्या भएको र चिन्ताले मानसिक समस्यासमेत देखिएको नर्स केसीले बताउनुभयो । 
जिल्ला अस्पतालमा पाँच दिनदेखि भर्ना भई उपचार गराइरहेकी सुत्केरी कमलालाई राम्रो पोषणयुक्त  खानेकुरा त परै जाओस् घरमा साँझबिहानको छाक कसरी टार्ने भन्ने चिन्ता छ । काखमा २८ दिनको छोरा च्यापेकी उहाँले आँखाभरि आँशु लिँदै भन्नुभयो, “एम्बुलेन्सको पैसा र होटलको पैसा तिर्न पाए जान हुन्थ्यो तर घर जाने भाडासमेत छैन, कसरी जाने रु”
उहाँका पति राना काम गर्ने ठाउँबाट मजदूरी गरेको पूरै ज्याला पनि नपाएको बताउनुहुन्छ । कोभिड – १९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ता उहाँहरुलाई बढी छ । प्रेमविवाह गर्नुभएका रानाले घरमा पारिवारिक सहयोग पाउनुभएको छैन । बन्दाबन्दीले काम गर्न नपाउँदा आफूलाई घरखर्च चलाउन निकै समस्या परेको उहाँले बताउनुभयो । कम उमेरमा विवाह गरी शिशु जन्माउनुभएका कामनाको उपचारपछि स्वास्थ्यमा सुधार हुँदै गएको उपचारमा संलग्न डा सुनिल सुनारले जानकारी दिनुभयो । सुत्केरी अवस्थामा पनि घरपरिवारबाट कुनै सहयोग नपाएपछि माइती रोल्पा जाने व्यवस्था मिलाइदिन कामनाले आग्रहसमेत गर्नुभयो ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement