Advertisement
Advertisement
Advertisement
Advertisement

सुजिता भण्डारी मृत्यु प्रकरण : एक सयभन्दा बढीसँग सोधपुछ

  |      14:48:00   |  
सुजिता भण्डारी मृत्यु प्रकरण   : एक सयभन्दा बढीसँग सोधपुछ

असार २४, । पूर्वी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारी मृत्यु प्रकरणमा प्रहरीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ गरेको छ । असार ११ गतेदेखि हराइरहेकी उनको नजिकैको सामुदायिक वनमा असार २० गते शव भेटिएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी शङ्कास्पदसँग सोधपुछको काम भइरहेको जनाएको छ । 

सो अवसरमा प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीले भने, “हामीले एक सयभन्दा बढी व्यक्तिसँग सोधपुछ ग¥यौं । केही कुरा खुलेको छ । थप अनुसन्धान जारी छ ।”

अभियान्ताको नाममा बाहिरबाट आएर समाजमा गरिएका क्रियाकलापले अनुसन्धानमा कठिनाई थपेको उनले बताए । उनले भने, “काठमाडौँमा ब्यानर प्रिन्ट गरेर, झोलामा हालेर प्लेन चढेर आउने र आएको रात कुनै गाउँमा गएर बास बस्ने र समूह खडा गरी अवरोध सिर्जना गर्ने काम भएको छ ।” बाह्य व्यक्तिका कारण अनुसन्धानमा असहज भएको उनको भनाइ छ । 

उनले भने,“अनुसन्धानमा खटिनुपर्ने प्रहरी कफ्र्यू व्यवस्थापनमा खटिनु परेको छ ।” घटनाका विषयमा अनुसन्धानको काम भइरहेको उनको भनाइ छ । भण्डारीको मृत्यु प्रकरणमा शव परीक्षण सकिएको र भिसेरा परीक्षणका लागि खुमलटार पठाइएको उनले जानकारी दिए । भिसेरा परीक्षणको नतिजा आएपछि केही भन्न सकिने प्रहरी उपरीक्षक ओमप्रकाश अधिकारीको भनाइ छ । 

 “शव भेटिए देखि नै अनुसन्धानको कामलाई अप्ठ््यारोमा पार्ने काम भएको छ”, उनले भने, “शव परीक्षणका लागि ल्याउने समय देखिनै असहज बन्दै गएको वातावरणले काम गर्न कठिन भयो ।” आफन्त अनुसन्धानका लागि तयार छन् तर बाह्य व्यक्तिले अवरोध खडा गरेका छन् उनको भनाइ छ । 

प्रहरी उपरीक्षक अधिकारीले स्थानीवासीलाई अनावश्यक हल्लाकोपछि नदौडिनसमेत आग्रह गरे । उनले भने, “प्रहरीको अनुसन्धानलाई असर गर्ने खालका हल्लाको पछि नदौडनुस् । यसले घटनालाई अन्तै मोड्ने काम गर्छ ।” अनुसन्धान र सूचना सम्प्रेषणमा गम्भीर बन्नुपर्ने समय आएको भन्दै उनले भरपर्दो सञ्चार माध्यमको मात्र विश्वास गर्न आग्रह गरे । 

भण्डारीको शव भेटिएको घटनामा हत्या वा आत्महत्या के हो भन्ने विषयमा प्रहरी नै अन्योलमा रहेको उनले जानकारी दिए । शब भेटिएको स्थानमा माउन्टेन डिउको बोत्तलमा सेतो पदार्थ भेटिनु, अपहरणमा परेको व्यक्तिको फोनबाट विभिन्न समयमा दोहोरो कुरा हुनु र डाटा लिएर इन्टरनेटको प्रयोग भएको प्रारम्भिक अनुसन्धानमा भेटिएको उहाँले जानकारी दिए । 

अनुसन्धानका लागि काठमाडौँबाट केन्द्रीय अनुसन्धान ब्यूरोको टोली कुकुरसहित खटिएको उनको भनाइ छ । अहिलेसम्म प्रहरीले स्थानीयवासी र निजका आफन्तसँग सोधपुछको काम गरिरहेको छ । सो क्षेत्रमा दैनिक प्रदर्शन हुन थालेपछि स्थानीय प्रशासनले मङ्गलबारबाट कफ्र्यू जारी गरेको छ ।

- रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement