Advertisement
Advertisement
Advertisement
Advertisement

सिरहामा तीन हजार ७०९ छोरीको बिमा

  |      13:31:00   |  
सिरहामा तीन हजार ७०९ छोरीको बिमा
फागुन १९, लहान । प्रदेश २ सरकारद्वारा सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सिरहाका सबै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सकिँदा तीन हजार ७०९ छोरीको बिमा गरिसकिएको छ । छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीहरुको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश २ को आठ वटै जिल्लाका स्थानीय तहमा छोरी शिक्षा बिमा शिविरहरु सञ्चालन गरेर छोरीहरुको बिमा गरिएको हो । 
 
सिरहाको १७ वटै स्थानीय तहमा छोरी शिक्षा बिमा शिविर सञ्चालन गरिएको हो । सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बिमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो । यसैगरी लहान नगरपालिकामा ४७२, मिर्चैया नगरपालिकामा २२०, सखुवानन्कारकट्टी गाउँपालिकामा १०४, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बिमा गरिएको छ । 
 
यस्तै गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२, लक्ष्मीपुर पतारी गाउँपालिकामा २४५, भगवानपुर गाउँपालिकामा १४२, नवराजपुर गाउँपालिकामा १२२ र सुखीपुर नगरपालिकामा २११ छोरीको बिमा गरिएको छ ।
 
विसं २०७५ माघ १ देखि जन्मिएका छोरीको बिमा गरिएको संयोजक विश्वकर्माले बताउनुभयो । विसं २०७५ माघ १ गते यता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बिमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीहरुको बिमा गर्ने उद्देश्यकासाथ शिविरमार्फत बिमा कार्यक्रमलाई अगाडि बढाइएको हो ।
 
छोरीहरूको बिमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एक जनाको नागरिकता र छोरी तथा अभिभावकको ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिवहरु, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ ।
 
विसं २०७५ माघ १ पछि जन्मेका छोरीहरुको रु एक लाखको शिक्षा बिमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पु¥याएको छ । शुरुमा २०७५ माघ १ गते पछि प्रदेशमा जन्मिएका छोरीहरु रु एक लाखको बिमा मात्रै थियो, तर यो बर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पु¥याइएको हो । छोरी शिक्षा बिमाअन्तर्गत हालसम्म प्रदेश २ मा करिब १५ हजार छोरीहरुको बिमा गरिसकिएको छ । यसअघि नै बिमा गराइसकेका छोरीहरुले पनि यो सुविधा पाउने प्रदेश २ का मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले बताउनुभयो । 
 
यसका साथै यसै अभियानअन्तर्गत प्रदेश २ का अति विपन्न दलित तथा मुस्लिम परिवारका कक्षा १ देखि ८ सम्मका छात्राहरुलाई पनि प्रतिमहिना रु ५०० दिने योजनासमेत रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । यसै आर्थिक वर्षदेखि यसलाई पाइलट प्रोजेक्टको रूपमा शुरु गरिनेसमेत जनाइएको छ । 
 
यो अभियानमा स्थानीय सरकारहरुसँग समेत सहकार्य गर्न लागेको र स्थानीय सरकारले सहयोग गरे यो रकमलाई २० वर्षमा रु २० लाख पु¥याउने लक्ष्य लिएएको जनाइएको छ । प्रदेश २ सरकारले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत प्रदेश २ को ८ वटै जिल्लाका सामुदायिक विद्यालयहरुमा कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकलसमेत वितरण गरेको छ ।
रासस 

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement