Advertisement
Advertisement
Advertisement
Advertisement

सिरहामा दुई हजार छोरीको बीमा

  |      15:33:00   |  
Web : Image
Web : Image

फागुन २, लहान । प्रदेश नं २ सरकारले सञ्चालन गरेको ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमअन्तर्गत सञ्चालित छोरी शिक्षा बीमा शिविर सिरहा जिल्लामा प्रभावकारी बन्दै गएको छ ।

छोरा र छोरीबीचको विभेदलाई अन्त्य गर्दै छोरीको पनि शिक्षामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ सञ्चालित ‘बेटी पढाउ बेटी बचाउ’ कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेशका आठै जिल्लामा अहिले छोरी शिक्षा बीमा शिविर सञ्चालन भइरहेको छ । सिरहाका १७ स्थानीय तहमध्ये आजसम्म ११ स्थानीय तहमा सम्पन्न छोरी शिक्षा बीमा शिविरमा दुई हजार ४०३ छोरीको बीमा गरिसकिएको जनाइएको छ । 

सिरहा नगरपालिकामा सबैभन्दा बढी ४९० र सबैभन्दा कम विष्णुपुर गाउँपालिकामा ९० छोरीको बीमा गरिएको सामाजिक सुरक्षा सिरहा जिल्ला संयोजक टीकाराम विश्वकर्माले जानकारी दिनुभयो । सो नगरपालिकामा ४९०, कल्याणपुर नगरपालिकामा १९७, कर्जन्हा नगरपालिकामा २२९, नरहा गाउँपालिकामा ९३ र अर्नमा गाउँपालिकामा १२० छोरीको बीमा गरिएको छ । 

यस्तै सिरहाको गोलबजार नगरपालिकामा ३८४, धनगढीमाई नगरपालिकामा २९४, बरियारपट्टी गाउँपालिकामा १५४, औरही गाउँपालिकामा १४२ गरी २०७५ माघ १ देखि जन्मिएका दुई हजार ४०३ छोरीको बीमा गरिएको संयोजक विश्वकर्माले बताउनुभयो । विसं २०७५ माघ १ गतेयता जन्मिएका छोरीलाई प्रदेश सरकारले शिक्षा बीमा गरिदिने घोषणा गरेअनुसार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाटै अभियान सञ्चालन गरिए पनि कर्मचारी अभावमा प्रभावकारी हुन नसकेपछि स्थानीय तहमै पुगेर छोरीको बीमा गर्ने उद्देश्यका साथ शिविरमार्फत बीमा कार्यक्रमलाई अगाडि बढाइएको छ ।

छोरीको बीमाका लागि आवश्यक जन्मदर्ता, स्थानीय तहको सिफारिस, आमा वा बुबामध्ये एकको नागरिकता र छोरी तथा अभिभावकका ६÷६ थान फोटो आवश्यक रहेको हुँदा प्रदेश सरकारले शिविरमार्फत सबै प्रक्रिया पूरा गर्ने गरी आवश्यक प्रबन्ध मिलाएको छ । उक्त शिविरमा प्रभु बैंकका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि तथा वडा सचिव, फोटोग्राफर एवं मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रतिनिधिको अनिवार्य उपस्थिति रहने गरेको छ । 

विसं २०७५ माघ १ पछि जन्मेका छोरीको रु एक लाखको शिक्षा बीमा गर्ने घोषणा गरेको प्रदेश सरकारले त्यो रकमलाई वृद्धि गरी यो वर्ष रु तीन लाख पु¥याएको छ । शुरुमा २०७५ माघ १ गतेपछि प्रदेशमा जन्मिएका छोरी रु एक लाखको बीमा मात्रै थियो, तर यो वर्षदेखि त्यसलाई बढाएर रु तीन लाख पु¥याइएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार आतेश मिश्रले जानकारी दिनुभयो । छोरी शिक्षा बीमाअन्तर्गत हालसम्म प्रदेश नं २ मा करीब १५ हजार छोरीको बीमा प्रदेश सरकारले गरिसकेको छ ।  
रासस 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement