Advertisement
Advertisement
Advertisement
Advertisement

साउनको अन्तिम सोमबारमा देशभर शिवालयमा भक्तजनको भीड, सोमप्रदोष व्रतको विशेष संयोग

  |      10:28:00   |  
web image
web image
साउन २५ ,काठमाडौं । साउन महिनाको अन्तिम सोमबारका अवसरमा पशुपतिनाथसहित देशभरका प्रमुख शिवालयहरूमा भक्तजनको ठूलो भीड लागेको छ। बिहानैदेखि श्रद्धालुहरू व्रत, पूजा तथा दर्शनका लागि मन्दिरमा पुगेका छन्।
साउन महिनाभर प्रत्येक सोमबार व्रत बस्ने परम्परा रहेको छ। विशेषगरी महिलाहरूले आज विधिपूर्वक व्रत समापन गर्दै भगवान शिवको पूजा गरेका छन्। धार्मिक विश्वासअनुसार साउनका अन्य सोमबारमा पूजा गर्न नपाए पनि अन्तिम सोमबार व्रत बसेर श्रद्धापूर्वक पूजा गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।
भगवान शिवको प्रिय बार मानिने सोमबारका दिन श्रद्धालुहरूले व्रत, पूजापाठ तथा दान गर्ने गर्छन्। साथै, बोलबम तीर्थालुहरूको पनि विभिन्न शिवालयमा उल्लेख्य उपस्थिती देखिएको छ। उनीहरूले काठमाडौंको सुन्दरीजलबाट ल्याएको पवित्र जल पशुपतिनाथ मन्दिरमा चढाएर पूजा गरेका छन्।
काठमाडौंको पशुपतिनाथ, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वर, खोटाङको हलेसी, सुनसरीको पिण्डेश्वर, म्याग्दीको गलेश्वर, कपिलवस्तुको कुशेश्वर, पर्वतको गुप्तेश्वर, जनकपुरको कपिलेश्वर, जलेश्वरका सिरेश्वर र कलानेश्वर तथा दाङको धारपानीलगायतका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
त्यसैगरी चितवन, नवलपरासी र तनहुँको संगमस्थल देवघाटधाममा पनि साउनको अन्तिम सोमबारको अवसरमा पूजा गर्ने र बोलबम मेला भर्नेहरूको भीड उल्लेख्य देखिएको छ।
यस वर्ष साउनको अन्तिम सोमबार सोमप्रदोष व्रतको विशेष संयोग परेको धर्मशास्त्रका जानकारहरूले बताएका छन्। सोमबारका दिन त्रयोदशी तिथि परेमा सोमप्रदोष व्रत मानिने धार्मिक मान्यता छ।
प्रदोषकाल, अर्थात् सूर्यास्तअघि वा आसपासको समयमा शिव मन्दिरमा दीप प्रज्वलनसहित पूजा आराधना गर्दा सुख, शान्ति र समृद्धि प्राप्त हुने विश्वास गरिन्छ। यस दिन दूध, दही, घ्यू र बेलपत्र चढाई पहेँलो वस्तु अर्पण गर्नु शुभ मानिन्छ।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement