Advertisement
Advertisement
Advertisement
Advertisement

साइकल पाएपछि छात्रा खुशी

  |      15:12:00   |  
साइकल पाएपछि छात्रा खुशी
जेठ २५, महोत्तरी ।  महोत्तरीको विकट ठाउँका गरिब छात्राले साइकल प्राप्त गरेपछि औधि खुशी भएका छन् । बर्दिवास नगरपालिका–५ को चुरे पहाडी शृङ्खलाको दुर्गम काछ र पाखा बस्तीका गरिब १५ छात्राले विद्यालय आवत जावत गर्न साइकल पाएपछि अब कक्षाका घण्टी नछुट्ने आस पालेका हुन् ।
 
“घरमा कति काम भ्याएर विद्यालय आउनुपर्दा कति दिन पहिलो घण्टी छुट्ने गथ्र्यो”, बर्दिवास–५ चेरुस्थित इच्छेश्वर माध्यमिक विद्यालयमा यसपालि कक्षा–१० पुगेकी छात्रा सम्झना घोच्र्याङ्गी मगरले भनिन्, “अब भने साइकल पाएकी छु, घण्टी नछुट्लान् ।” इच्छेश्वर माविमा अध्ययनरत सम्झनाजस्तै विद्यालयबाट पाँच÷सात किलोमिटर दूरीमा घर रहेका १५ जेहेन्दार र गरिब परिवारका छात्रालाई शनिबार रोटरी इन्टरनेशनल क्लबले साइकल र शैक्षिक सामग्रीसहितको झोला दिएपछि उनीहरुमा पढाइले निरन्तरता पाउने आस जागेको हो ।
 
उनीजस्तै कक्षा ९ की भवानी जर्घा मगरले पनि अब विद्यालयमा सबै घण्टी ९सातै घण्टी० राम्ररी पढ्न पाइने आस पालेकी छन् । “विद्यालय आउन पाँच÷छ किलोमिटर पर्छ, बिहान घाँस–दाउरा गरेर समयमा विद्यालय आइपुग्न धौधौ, फेरि सातौँ घण्टी पढाइ नसकिँदै घर फर्केर घरको काम सक्नुपर्ने चिन्ता” उनीले भनिन्, “अब साइकलले आउँदा–जाँदा हामीलाई समय दिनेछ, घण्टी छोड्नु परोइन ।” साइकल पाउने कुराले छात्राका परिवारजन ९बाबुआमा, घरका अभिभावक० ले पनि गरिबीभित्र आफ्ना छोरी–चेलीको पठनपाठनमा सहयोग पुग्ने बताएका छन् ।
 
माध्यमिक तहमा पढ्ने अत्यन्त गरिब, जेहेन्दार र बढी दूरीबाट आउनुपर्ने १५ छात्रालाई बिद्यालय प्रशासनको सिफारिसमा रोटरी क्लब बर्दिवासले शनिबार साइकल र शैक्षिक सामग्रीसहितको झोला प्रदान गरेको हो । सामग्री प्राप्त गर्ने छात्रा जेहेन्दार, गरिब, बाबुआमा गुमाएका र कमसेकम बिद्यालयबाट पाँच किलोमिटर दूरीबाट आउने–जाने परेका प्रधानाध्यापक युवराज अधिकारीले जानकारी दिनुभयो । 
 
साइकलसहित शैक्षिक सामग्री पाउनेमा कक्षा १० का यतिमाया श्रेष्ठ, सम्झना घोच्र्याङ्गी, मनिषा साह, अमिशा घिसिङ र मनिषा खड्का छन् । त्यसैगरी कक्षा ९ का अजिता थिङ, भवानी जर्घा, इशा लामा र एलिशा घिमिरे, कक्षा ८ का उषा लामा, प्रकृति खत्री र अर्पणा भण्डारी, कक्षा ७ का आरती विक, कक्षा ६ का प्रतिक्षा वाइवा र दिलु घोच्र्याङ्गी मगर छन् ।
 
ती छात्राको पठनपाठनप्रति उत्साह बढाएको र घरका अभिभावकमा पनि छोरी–चेलीको पढाइले निरन्तरता पाओस् भन्ने भाव सवल बनेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ देवकोटाको भनाइ छ । नगर क्षेत्रका विकट बस्तीका छात्रालाई साइकलसहितका शैक्षिक सामग्रीले पढाइलाई निरन्तरता दिन बल पुग्ने अपेक्षासाथ सामग्री प्रदान गरिएको सो क्लबका अध्यक्ष शम्भु भट्टराईले बताउनुभयो । शिक्षा, स्वास्थ्य आपूmहरुको सेवा क्षेत्रको प्राथमिकतामा पर्ने भएकाले यस्ता कार्यक्रमले निरन्तरता पाउने  क्लबले जनाएको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement