Advertisement
Advertisement
Advertisement
Advertisement

सहिद स्मरण कार्यक्रममा ‘सहिदकै अपमान’ भयो : रक्षा बम

  |      10:32:00   |  
सहिद स्मरण कार्यक्रममा ‘सहिदकै अपमान’ भयो : रक्षा बम
भदौ २४, काठमाडौं । जेनजी आन्दोलनका सहिदहरूको स्मरणमा आयोजित कार्यक्रममा आन्दोलनको मर्म र सहिदहरूको सम्मानविपरीत गतिविधि भएको अभियन्ता रक्षा बमले आरोप लगाएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बमले आन्दोलनका क्रममा घाइते भएका युवा, ज्यान गुमाएका व्यक्तिका परिवार तथा परिवर्तनका लागि सडकमा उत्रिएका युवाको आवाज उठाउनुपर्ने दिनलाई कार्यक्रमले ओझेलमा पारेको बताएकी छन्।
उनले आन्दोलनका क्रममा भएका घटनाबारे पारदर्शिता र जवाफदेहिता कायम गर्ने, सुशासनका लागि दबाब सिर्जना गर्ने तथा बिनाकसुर पक्राउ परेका जेनजी युवाको रिहाइका लागि पहल गर्नुपर्ने आवश्यकता औंल्याएकी छन्। साथै, आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्ने विषयमा समेत गम्भीर बहस हुनुपर्ने उनको भनाइ छ।
तर कार्यक्रममा सहिदहरूप्रति न्यूनतम सम्मानसमेत नदेखाइएको बमको दाबी छ। विशेषगरी सहिदका तस्बिरहरू मञ्चको तल तथा मानिसहरूको पैतालामुनि पर्ने गरी राखिएको र नेता तथा आयोजकहरू ती तस्बिरभन्दा माथि उभिएको दृश्यप्रति उनले आपत्ति जनाएकी छन्।
‘मञ्चबाट उनीहरूले सहिदलाई न्याय दिन्छौँ भनेर घोषणा गरे, कस्तो अद्भुत न्याय१’ भन्दै उनले कार्यक्रमको व्यवस्थापनमाथि प्रश्न उठाएकी छन्।
कार्यक्रमका क्रममा गृहमन्त्रीको विरोध गर्ने केही व्यक्तिलाई पक्राउ गरी थुनामा राखिएको र ‘आई लभ यू’ जस्ता नारा लगाउन लगाइएको आरोपसमेत उनले लगाएकी छन्। यस्तै, विभिन्न आरोपमा विवादित धार्मिक व्यक्तिहरूलाई कार्यक्रममा स्थान दिइएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्।
भ्रष्टाचारविरुद्ध भाषण गर्नेहरूबाटै कार्यक्रमको मञ्चमा ‘नैतिक भ्रष्टाचार’ भएको टिप्पणी गर्दै बमले आन्दोलनको मूल भावना, सहिदको सम्मान र परिवर्तनको उद्देश्यलाई कमजोर पार्ने काम भएको आरोप लगाएकी छन्।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement