Advertisement
Advertisement
Advertisement
Advertisement

सहज तरिकाले बच्चा हुर्काउने मनोवैज्ञानिकका उत्कृष्ट पाँच सुझाव

  |      18:22:00   |  
हरेक व्यक्ति फरक हुन्छन्
हरेक व्यक्ति फरक हुन्छन्

पुस २९, काठमाडौं । जब हामी बच्चा हुर्काइरहेका हुन्छौँ, हामी आफूलाई आफ्ना बाबुआमाले कसरी हुर्काए भन्ने सोच्छौँ। यसको अर्थ हो हामी जसरी हुर्कियौँ त्यसैगरी आफ्ना सन्तान हुर्काउन चाहन्छौँ।

हामीले बाबुआमाबाट थुप्रै असल कुराहरू अनुसरण गरिरहेका हुन सक्छौँ। मनोवैज्ञानिक फिलिपा पेरीको बाबुआमालाई छोराछोरी लालनपालनका लागि सल्लाह समेटिएको किताब हो - द बुक यु विश योर पेरेन्ट्स ह्याड रेड।

पुस्तकमा उनले कसरी छोराछोरीलाई राम्ररी स्वस्थ उपायले लालनपालन गर्ने र आफूमाथि कठिन भार नपार्ने भन्नेबारे लेखेकी छन्। उनले बाबुआमालाई दिएका पाँच सुझावहरू यसप्रकार छन्स्

१. सीमा निर्धारण गर्नुहोस्
यो असाध्यै कठिन कुरा हो किनभने तपाईँ आफ्नो बच्चालाई माया गर्नुहुन्छ र उनका लागि जे पनि उपलब्ध गराउन तयार हुनुहुन्छ। तर कुनैबेला 'अब त अति भयो, सीमा नै काट्यो'भन्ने स्थिति पनि आउँछ। तपाईँलाई आफू संसारको सबभन्दा सहयोगी बाबुआमा हुँ भन्ने लाग्छ भने पनि तपाईँलाई एउटा सीमा आवश्यक पर्छ। कसरी मायालु तरिकाले त्यस्तो सीमा निर्धारण गर्ने ?

ठोस सीमा निर्धारण गर्नु महत्वपूर्ण हुन सक्छ ।

यसको जवाफ होस् आफूबाट कुरा सुरु गर्ने गर्नुस न कि अरूबाट। तपाईँले आफ्नो सीमा निर्धारण गर्नुस्, बच्चाको होइन।

जस्तो कि 'तिमी १३ वर्ष मात्र भयौ तिमी, बच्चै छौभन्नुको सट्टा' मलाई थाहा छ, तिमी यात्रा गर्न चाहन्छौ तर म तिमीलाई त्यसो गर्न दिन तयार भइसकेकै छैन भन्नुपर्छ।

कसैले पनि आफ्नो दायरा अरूले निश्चित गरिदिएको मन पराउँदैनन्।

२. बच्चाको सबैखाले मनस्थिति स्वीकार्नुहोस्
बाबुआमामा समस्या के हो भने उनीहरू बच्चाहरू जतिखेर पनि अति खुशी होउन् भन्ने चाहन्छन्। हामी उनीहरूलाई यति माया गर्छौँ कि हामी उनीहरू दुस्खी भएको हेर्नै चाहन्नौँ। त्यसैले भन्छौँस् 'दुखी नहोउ'।

तर हामीले उनीहरू सबैखाले मनस्थितिबाट गुज्रिन दिनु असाध्यै महत्त्वपूर्ण छ। जब उनीहरू फरकफरक किसिमको समयबाट गुज्रिरहेका हुन्छन्, हामीले उनीहरूलाई साथ दिनु आवश्यक छ।

उनीहरूले प्रकट गर्ने हरेक भावनालाई हामीले स्वीकार गर्नु आवश्यक छ।

३. 'बच्चाका लागि ऐना सम्झनुहोस्
तपाईँ आफ्नो बच्चाका लागि मानव ऐना हो भन्ने सम्झनूस्। हामीले हाम्रा बच्चालाई कसरी जवाफ दिन्छौँ भन्ने कुरा उनीहरूमा गढेर रहन्छ। जहिले पनि उनीहरूलाई गालीको भाषा प्रयोग गर्ने हो भने उनीहरूले तपाईँको रिसाएको अनुहार सम्झन्छन्।

त्यसैले उनीहरूको गल्तीका बारेमा कुरा गर्नुअघि हल्का वा रमाइलो कुरा गर्नुहोस्। उनीहरू आफ्ना अगाडि भएकोमा खुशी हुन प्रयत्न गर्नुहोस्।

बालबालिकाले काम बिगारे पनि आक्रोशित अनुहार नदेखाउनु उचित हुन्छ । 

४. सबै व्यवहार सम्वाद हो
यदि तपाईँको बच्चासँग व्यवहारगत समस्या छ भने यो सम्झिनुहोस्स् सबै व्यवहार सम्वाद हो। तपाईँको बच्चाले आफूले जानेको सबैभन्दा राम्रो तरिकाले सम्वाद गर्न खोजिरहेको छ।त्यसैले हामीले व्यवहारको वास्तविक अर्थ पत्ता लगाउनु र उनीहरूले के महसुस गरिरहेका छन् भन्ने जान्न खोज्नु जरुरी छ।

कुनै कुरा हामीलाई सहज लाग्दैनन् भने पनि उनीहरूका सबैखाले भावनालाई हामीले ठाउँ दिनुपर्छ। बच्चाहरूलाई उनीहरूको भावना व्यक्त गर्न हामीले सहयोग गर्नुपर्छ ।

मनोवैज्ञानिक फिलिपा पेरीले बच्चा हुर्काउने सुझाव दिएकी चर्चित पुस्तकहरू लेखेकी छन् । 

५ बच्चा कुनै योजना अथवा काम होइन
तपाईँलाई मैले एउटा मात्रै कुरा भन्नुपर्‍यो भने यो भन्छुस् 'तपाईँको बच्चा न कुनै सक्नैपर्ने काम हो न यस्तै हुनुपर्ने भन्ने किसिमको योजना हो। तपाईँको बच्चा त सम्बन्ध राख्नुपर्ने व्यक्ति हो।' तिनीहरू साना शिशु हुन् या ठूला वयस्क, ती एक व्यक्ति हुन्।

फिलिपा पेरीले बीबीसी रेडियो ४ को वुमन्स आवर कार्यक्रमसँग गरेको कुराकानीमा आधारित सामग्री।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement