Advertisement
Advertisement
Advertisement
Advertisement

सहकारीले स्वरोजगार बन्दै महिला

  |      12:36:00   |  
सहकारीले स्वरोजगार बन्दै महिला
  रासस
महिलाले नेतृत्व गरेका महिला सहकारी संस्थाका कारण यहाँका महिला स्वरोजगार बन्दै गएका छन् । जिल्लामा खुलेका सहकारी संस्था पछिल्लो समय महिलाका लागि आम्दानीका स्रोत बन्दै गएका छन् । घरको काम र घाँसपातमा व्यस्त हुने प्राय यहाँका महिला गाउँगाउँमा सहकारी खुलेपछि अहिले आफ्नो परिवारका लागि रकम जम्मा गर्न थालेका छन् । 
 
सहकारी संस्थाका कारण यहाँका अधिकांश महिला पछिल्लो समय बेफुर्सदिलासमेत हुन थालेका छन् । महिलाको लगनशीलता तथा मेहनतका कारण यहाँका सहकारी क्रमिकरुपमा फलदायी तथा नाफामुखी बन्दै गएका हुन् । महिलाले सञ्चालन गरेका सहकारीका कारण यहाँका दजनौँ स्थानीय महिलाले गाउँमै रोजगारीसमेत पाएको जोरायल गाउँपालिका वडा नं ५ की स्थानीय तुलसी शाहीले बताउनुभयो । 
 
विसं २०६९ मङ्सिर १० गते २९ महिलाले रु १०० को शेयर सङ्कलन गरेर साविकको डौड गाविस (हाल सायल गाउँपालिका) मा लगनशील महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको स्थापना गर्नुभयो । हाल उक्त सरकारी संस्थामा सायल गाउँपालिकाका मात्रै कम्तीमा पनि ६०० महिला आबद्ध छन् । 
 
महिला मात्रै आबद्ध रहेको उक्त सहकारी संस्थाले रु ८० लाख आफ्नो पूँजी निर्माण गरेको उक्त सहकारी संस्थाका अध्यक्ष सिर्जना डुम्रेलले बताउनुभयो । त्यस्तै जिल्लाकै दिपायल सिलगढी नगरपालिका वडा नं ८ लडागडामा पनि महिला मात्रै आबद्ध रहेको लक्ष्मी महिला बहुद्देश्यीय सरकारी संस्थामा ६३७ जना महिला शेयर सदस्य आबद्ध छन् । उक्त सहकारी संस्थाले छोटो समयमा नै आफ्नो दुई वटा सुविधा सम्पन्न भवन निर्माण गरेको अध्यक्ष टङ्का कडायतले बताउनुभयो । 
 
जोरायल गाउँपालिकामामा रहेको नमूना सहकारी संस्था पनि महिलाले नै शुरु गरेका हुन् । उक्त सहकारीको हाल कूल पूँजी रु एक करोड पुगेको गाउँपालिकाकी उपाध्यक्ष जमुना बोहराले बताउनुभयो । जिल्लामा महिलाद्वारा खोलिएका सहकारी संस्थामार्फत महिला सशक्तीकरणका साथै आर्थिक स्थितिमा समेत विगतको तुलनामा निकै सुधार आएको जोरायलका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । 
 
‘सबैका लागि प्रत्येकका लागि सहकारी’ भन्ने मूल मन्त्रका साथ जिल्लाभरिमा सहकारी संस्था स्थापना भएका कारण यहाँका विपन्न नागरिकको साथी सहकारी भएको सामुदायिक विकासमञ्च नेपालका सहकारी विकास अधिकृत कृष्णराज जोशीले बताउनुभयो । सहकारीसम्बन्धी हेर्ने छुट्टै कर्मचारी नहुँदा सहकारीको नियमित अनुगमनको काम प्रभावकारी हुन नसकेको पूर्वीचौकी गाउँपालिकाका अध्यक्ष दीर्घराज बोगटीले बताउनुभयो।

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement