जेठ १५, काठमाडौं । सरकारले सेनेटेरी प्याड आयातमा लाग्दै आएको भन्सारमा ९० प्रतिशत छूट दिने निर्णय गरेको छ । आर्थिक वर्ष २०७९र८० को बजेट प्रस्तुत गर्दे अर्थमन्त्री जनार्दन शर्माले प्याड आयातमा लाग्दै आएको भन्सार दर घटाएको बताएका हुन् ।
नेपालमा नै उत्पादन गर्ने उद्योगको हकमा कच्चा पदार्थमा १ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने व्यवस्था गरेको बताए । त्यस्तै, सरकारी वा सार्वजनिक कार्यक्रमबमोजिम वितरण गर्ने सेनेटरी प्याड अनिवार्य स्वदेशी उत्पादन खरिद गर्ने व्यवस्था गरिने बताए।
सरकारले सेनेटरी प्याडमा १५ प्रतिशत भन्सार महशुल लिँदै आएको थियो । सरकारले गत वर्ष सेनेटरी प्याडमा लाग्ने भन्सार मुल्यमा वृद्धि गरेको भनेर महिला संघ\संगठन तथा युवा\युवतीहरु आन्दोलित समेत भएका थिए । पछि सरकारले त्यसमा कुनै मुल्य वृद्धि नगरेको भनेर स्पष्टिकरण दिएको थियो ।