Advertisement
Advertisement
Advertisement
Advertisement

सन्तानको भोको पेट भर्न २४० रुपैयाँमा आफ्नो कपाल बेच्ने आमा
चरम गरिबी भएका मानिस धेरै भएको देशमा भारत दोस्रो नम्बरमा

  |      14:27:00   |  
सन्तानको भोको पेट भर्न २४० रुपैयाँमा आफ्नो कपाल बेच्ने आमा

फागुन ६, काठमाडौं । आफ्ना साना सन्तानको पेट भर्नका लागि लागि १५० भारतीय रुपैयाँ  (नेरु २४०) मा कपाल बेचेको दिन प्रेमा सेल्भमको जीवनको सबैभन्दा खराब दिन थियो।

तीन सन्तानकी आमा सेल्भमले श्रीमान् पहिल्यै गुमाइसकेकी थिइन्। बढ्दो ऋण र असफल सपनाका कारण उनका श्रीमान्‌ले आत्महत्या गरे। तर त्यति भए पनि उनीसँग आशा बाँकी नै थियो। आफ्नो कपाल बेचिसकेपछि साहुको ऋण तिर्न वा खानेकुराको जोहो गर्न अब थप सम्भावना बाँकी रहेन भन्ने बोध उनलाई भयो। तर त्यसपछि के भयो भन्ने कुराले सबैलाई प्रेरित गर्छ। 

ऋणको जाल
मृत्यु हुनुअघि सेल्भम र उनका पतिले भारतको दक्षिणी राज्य तालिमनाडुको एउटा इँटाभट्टामा काम गर्थे। त्यो कमाइले केवल उनीहरूको साना बालबच्चासहितको परिवार पाल्न मात्रै काफी हुन्थ्यो। उनीहरूले जीवनमा त्योभन्दा बढी चाहे।

आफ्नै इँटाभट्टा खोल्नका लागि उनका श्रीमान्‌ले ऋण लिए। तर योजना अनुसार सफल भएनन्। निराश भएर गत वर्ष उनले आत्महत्या गरे। त्यसपछि ऋणको पूरा भार सेल्भममाथि आइलाग्यो।

तीन सन्तानको पालनपोषण मात्रै नभई असफल भएको व्यापारका लागि लिइएको पैसा गर्ने दबाबमा पनि उनी परिन्। 'काम गर्न जाँदा म दिनको दुई सय रुपैयाँ पाउँछु जुन परिवार चलाउनका लागि पर्याप्त हुँदैन,' सेल्भमले बीबीसीसँग भनिन्।

त्यसपछि उनी बिरामी भइन्। उनले पहिले जति कमाउन सकिनन्। 'म इँटाको गह्रुँगो भारी बोक्न सक्दिनँ। ज्वरोले गर्दा म धेरै समय घरमै बसेँ।'

इँटाभट्टामा काम गर्ने प्रेमा सेल्भम र उनका तीन सन्तान

विकल्परहित अवस्था
उनी तीन महिनाका लागि बिरामी भइन्। तिर्नुपर्ने ऋण धेरै भयो र खानेकुराका भाँडा रित्तियो। 'मेरो सात वर्षको छोराले एक दिन स्कुलबाट आएर खानेकुरा माग्यो,' उनी भन्छिन्।

'त्यसपछि भोक लाग्यो भनेर रुन थाल्यो।' सेल्भमसँग बेचेर पैसा आउने केही थिएन। 'मसँग १० रुपैयाँ पनि थिएन। केही प्लास्टिकका बाल्टी मात्रै थिए।'

'कपाल किन्ने गरेको एउटा पसल सम्झिएँ,' सेल्भमले भनिन्। विश्व बजारमा मानिसको कपाल निर्यात गर्ने भारत एउटा मुख्य निर्यातकर्ता हो। केही हिन्दु धर्मावलम्बीहरू मन्दिरमा आफ्नो मनोकामना पूरा भएको ठानेपछि कपाल खौरिन्छन्।

भारतमा धेरै मानिसले धार्मिक आस्थाका कारण मन्दिरमा कपाल खौरिन्छन् : GETTY IMAGE

 

आत्महत्याको निर्णय
'म त्यही पसलमा गएँ र १५० रुपैयाँमा पूरै कपाल बेचेँ।' त्यो पैसा त्यति धेरै नलाग्न सक्छ। त्यति पैसाले एउटा ठूलो सहरको रेस्टुराँमा केवल एक छाक खाना खान पुग्ला।

तर सेल्भमको गाउँमा भने उनले त्यति पैसामा धेरै कुरा किन्न सकिन्छ। 'मैले तीनजना बच्चाका लागि २० रुपैयाँ पर्ने प्याकेटमा भएको पाकेको भात किनेँ,'उनले भनिन्।

तर त्यस्तो राहत अस्थायी थियो। सेल्भमसँग अब अरू केही विकल्प थिएन। र, उनले थप उपायहरूबारे सोच्न थालिन्।

नाऊका रुपमा काम गर्न यी महिलाले पुरुष जस्तो देखिने लुगा लगाउनुपरेको छ

 

निराश
आत्महत्या गर्ने सामान किन्न उनी नजिकैको एउटा पसल पुगिन्। तर उनको दुखी अवस्था देखेका पसलेले केही पनि बेचेनन्। घर फर्किएर सेल्भमले आत्महत्याको अर्को उपाय खोज्ने निर्णय गरिन्।

तर छिमेकमा रहेकी उनकी बहिनी त्यतिबेला नै आइपुगिन् र सेल्भमलाई आत्महत्या गर्नबाट रोकिन्। त्यसको केही दिनपछि अनपेक्षित रुपमा उनलाई एउटा सहयोग मिल्यो।

प्रेमा सेल्भमजस्ता गरिबका लागि ल्याइएका सरकारी योजना उनीहरूसम्म पुग्दैनन्

दुखको अनुभव
प्रेमाको त्यस्तो अवस्थाबारे बाला मुरुगनले आफ्ना एक साथीबाट थाहा पाए जो त्यही क्षेत्रमा एउटा इँटाभट्टा चलाउँछन्। प्रेमाको अवस्था सुन्ने बितिक्कै मुरुगनले आफ्नो परिवारले गुजारेका कठिन दिनहरू सम्झिए।

गरिबीले मानिसलाई कुन हदसम्म पुर्‍याउँछ भन्ने मुरुगनले १० वर्षकै उमेरमा थाहा पाएका थिए। त्यतिबेला उनको परिवारमा पनि खानका लागि केही थिएन। उनकी आमाले चामल किन्नका लागि पुराना किताब र पत्रिकाहरू तौल जोखेर बेचेकी थिइन्।

चरम निराशाको अवस्थामा मुरुगनकी आमाले सन्तानसँगै आफू पनि मर्ने निर्णय गरेकी थिइन्। तर अन्तिम अवस्थामा उनको मन परिवर्तन भयो।

उनका परिवारले उनलाई अस्पताल दौडाए र उनी बाँचिन्। जुन अवस्थामा मुरुगन हुर्किएका थिए अहिले त्यो अवस्थाबाट धेरै माथिको जीवन उनी बाँचिरहेका छन्। वर्षौंको सङ्घर्षपछि अहिले उनी गरिबीको अवस्थामा छैनन्। उनले एउटा कम्प्यूटर ग्राफिक्स केन्द्र सञ्चालन गरिरहेका छन्।

प्रेमा सेल्भमजस्ता गरिबका लागि ल्याइएका सरकारी योजना उनीहरूसम्म पुग्दैनन्

सहयोग
मुरुगनले सेल्भमलाई भेटेर आफ्नो सङ्घर्षका कथा सुनाए र आशा नमार्न सुझाए। आफ्ना साथी प्रभू र उनले मिलेर प्रेमालाई खानेकुरा किन्न केही पैसा दिए। त्यसपछि सेम्भमको परिवारको अवस्थाबारे सामाजिक सञ्जालमा लेखे।

'एक दिनमा मैले एक लाख २० हजार भारतीय रुपैयाँ प्राप्त गरेँ। यो कुरा जब मैले प्रेमा सेल्भमलाई भनेँ उनी निकै खुसी भइन् र यति रकमले त आफ्नो धेरैजसो ऋण तिर्न पुग्ने बताइन्,'उनले बीबीसीलाई भने।

तर प्रेमा सेल्भमको अनुरोधमा त्यसरी पैसा उठाउने काम रोकियो। 'उनले आफू काममा फर्किएर बाँकी पैसा तिर्छु भनिन्, 'मुरुगनले व्याख्या गरे। सेल्भमले छुट्टाछुट्टै साहुलाई गरी अहिले महिनामा ७०० रुपैयाँ तिर्नुपर्छ।

जिल्लाका अधिकारीहरूले उनलाई दुध बेच्ने काम व्यवस्था गरिदिने वाचा गरेका छन्। उनको अवस्था बिस्तारै सुध्रिदैछ। तर दुखको कुरा भारतमा उनको अवस्था मात्रै फरक खालको होइन।

भारतको आर्थिक वृद्धि राम्रो हुँदाहुँदै पनि लाखौं मानिसहरू दुई छाक पेट भर्न सङ्घर्ष गरिरहेका छन्। विश्व ब्याङ्कका अनुसार चरम गरिबी भएका मानिसहरू धेरै रहेको देशमा भारत दोस्रो नम्बरमा पर्छ। त्यस्ता मानिसहरू दिनमा दुई सय भारतीय रुपैयाँभन्दा कम कमाउँछन्।

 

आत्मविश्वास
सेल्भमको अर्को अप्ठ्यारो भनेको भारतका करोडौं मानिसहरू जस्तै उनी पढ्न वा लेख्न जान्दिनन्। परिणामस्वरुप भारत सरकारले उनीजस्ता गरिबका लागि ल्याएको योजनाबारे बेखबर छिन्।

'मलाई आत्महत्या गर्छु भन्ने मेरो निर्णय गलत थियो भन्ने लाग्छ,' प्रेमा सेल्भमले भनिन्। 'अब बाँकी ऋण तिर्न सक्छु भन्ने आत्मविश्वास मसँग छ।'
बीबीसी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement