Advertisement
Advertisement
Advertisement
Advertisement

सनसिटी अपार्टमेन्टका एक व्यक्तिमा पुनः कोरोना संक्रमण

  |      11:52:00   |  
सनसिटी अपार्टमेन्टका एक व्यक्तिमा पुनः कोरोना संक्रमण

बैशाख २४, काठमाण्डौ । काठमाण्डौको सनसिटी अपार्टमेन्टमा बस्ने एक पुरुषमा पुनः कोरोना संक्रमण देखिएको छ । 


केही दिनअघि निको भएर घर फर्किएका भनिएका सो अपार्टमेन्टको ए ब्लकमा बस्ने ५२ वर्षीय पुरुषमा पुनः संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

गत चैत ५ मा बेलायतबाट आएर सनसिटीमा बस्दै आएका उनीसँगै उनकी ८१ वर्षीया आमामा पनि कोरोना संक्रमण भएको बैशाख १ गते पुष्टि भएको थियो । उनीहरुलाई तत्काल पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो । 


अस्पतालमा राखिएको १० दिनमै ठीक भएको भन्दै अस्पतालले आमा छोरालाई बैशाख ११ गते डिस्चार्ज गरिदिएको थियो । 

उपचारपछि घर फर्किएकाहरुको समेत केही हप्तासम्म नियमित रुपमा स्वाब परीक्षण गर्ने गरिन्छ । यही प्रक्रियाअनुसार ती पुरुषको पुनः परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

नेपालमा निको भएर घर फर्किएका, तर पुनः संक्रमित भेटिनेको संख्या सोसहित ३ पुगेको मन्त्रालयले जनाएको छ । 


यसअघि कोरोनालाई जितेर घर फर्किएका भनिएका रौतहट र वीरगञ्जका गरी २ संक्रमितलाई पुनः संक्रमण पुष्टि भएको थियो । 

पहिलाका संक्रमितलाई निको भएपछि पनि पुनः संक्रमण देखिएपछि यसले अवस्था थप गम्भीर हुनसक्ने भन्दै विज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement