Advertisement
Advertisement
Advertisement
Advertisement

सनसिटी अपार्टमेन्टमा बुबा आउनुभएको थिएन: अर्थमन्त्री पुत्र भन्छन्'बर्खास्तीमा परेका भ्रष्टले हल्ला फैलाए, सामाजिक दूरी कायम गर्न हामी सचेत छौ'

  |      11:05:00   |  
सनसिटी अपार्टमेन्टमा बुबा आउनुभएको थिएन: अर्थमन्त्री पुत्र भन्छन्'बर्खास्तीमा परेका भ्रष्टले हल्ला फैलाए, सामाजिक दूरी कायम गर्न हामी सचेत छौ'

बैशाख २, काठमाण्डौ । अर्थमन्त्रीका पुत्र तिलक खतिवडाले सनसिटी अपार्टमेन्टमा कोरोना आशंका गरिएका तीनजनासँग जोडेर आफू र आफ्ना पिता अर्थमन्त्री डा। युवराज खतिवडाको विषयमा अफवाह फैलाइएको दाबी गरेका छन् । 


बिजशालासँग कुरा गर्दै खतिवडाले पेप्सीकोलाको सनसिटी अपार्टमेन्टमा बस्ने एक परिवारका ३ जनामा कोरोना संक्रमणको आशंका गरिएको र सो विषयमा आफूहरुकै पहलमा उनीहरुको चेकजाँचको क्रममा यस्तो पत्ता लागेको समेत दाबी गरे । 

‘लण्डनबाट आउनुभएका उहाँहरु हाम्रै अनुरोधमा पहिलो दिनदेखि नै सेल्फ क्वारेन्टाइनमा हुनुहुन्थ्यो ।’ सनसिटी अपार्टमेन्टमा बस्दै आएका बैंकर तथा अर्थमन्त्री पुत्र खतिवडाले भने–‘सनसिटी अपार्टमेन्ट वेलफेयर सोसाइटीको चैत ८ मा भएको अधिवेशनमा उहाँहरु सहभागी हुनु भएको थिएन ।’ 


अधिवेशनबाट खतिवडा वेलफेयर सोसाइटीका सचिव पदमा निर्वाचित भएका थिए । 

आफूहरुले वेलफेयर सोसाइटीको कार्यक्रम गर्दा समेत सामाजिक दूरी कायम गरेको, हात नमिलाएको र सबै खालका सचेतनाका उपायहरु अपनाएको समेत दाबी गरे । 

उनी लगायतका टिमलाई सोही दिन बधाई दिन र छोरालाई भेट्न अर्थमन्त्री खतिवडा समेत चैत ८ मा सनसिटी आएका वेलफेयर सोसाइटीकै पूर्व अध्यक्ष प्रवीण झाले दाबी गरेका थिए । तर, अर्थमन्त्रीपुत्रले भने झाको दाबी आधारहीन भएको बताए। 


‘झा अनियमितताको आरोपमा अध्यक्षबाट बर्खास्तीमा पर्नुभएको व्यक्ति हो । उहाँले नै त्यसको रीस फेर्न यो हल्ला फैलाउनुभएको हो ।’ तिलकले भनेका छन् । 

तिलकले आफू मात्र सनसिटीमा बस्दै आएको र आफ्ना पिता अर्थमन्त्री भने मन्त्री क्वार्टरमै बसिरहेका समेत प्रष्ट पारे । अर्थमन्त्री कोरोना संक्रमणको विषयमा धेरै सचेत रहेका र उनले निकै सजगता अपनाइरहेकाले धेरै आत्तिइहाल्नुपर्ने अवस्था भने नभएको समेत पुत्र खतिवडाले बताए । 

आरडिटी टेस्टको क्रममा मात्र पोजिटिभ देखिएकाहरुको कन्फर्म नतिजा आउन बाँकी रहेकोले धेरै अत्तालिनुपर्ने अवस्था नरहेको उनको भनाई छ ।

‘संक्रमणको आशंकाले मात्रै पनि डराउनुपर्ने विषयमा परिस्थितिमा हामी छौ । तर यस्तो बेलामा सचेत हुनुपर्छ, त्रासमा बसेर हुन्न ।’ उनले थपे–‘हल्लाको पछि लाग्नु हुँदैन । अनावश्यक हल्लाले पनि यस्तो बेलामा प्यानिक बनाउनसक्छ ।’ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement