Advertisement
Advertisement
Advertisement
Advertisement

सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

  |      16:31:00   |  
सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै दुर्व्यवहार गरेको आरोपमा कीर्तिपुरबाट तीन जना पक्राउ

सडकमा हिँडिरहेका महिलालाई पछ्याउँदै फोन नम्बर माग्ने तथा अश्लील शब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको कीर्तिपुरबाट तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बाजाङको केदारस्युँ गाउँपालिकाका २२ वर्षीय सत्यराज खत्री, हाल कीर्तिपुर बस्दै आएका; कञ्चनपुरका २२ वर्षीय ललित दमाई र कञ्चनपुरको कृष्णपुर–३ का २१ वर्षीय अशोक भण्डारी रहेका छन्। भण्डारी पनि हाल कीर्तिपुरमै बस्दै आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार भदौ १२ गते साँझ कीर्तिपुरको भंगाल क्षेत्रमा उनीहरूले सडकमा हिँडिरहेका महिलालाई मोटरसाइकलमा पछ्याएका थिए। त्यस क्रममा महिलाहरूसँग फोन नम्बर माग्नुका साथै अश्लील तथा आपत्तिजनक शब्द प्रयोग गरी दुर्व्यवहार गरेको आरोप छ।

उनीहरू सुदूरपश्चिम प्रदेश–००४ प ८७८ नम्बरको मोटरसाइकलमा सवार रहेको बताइएको छ। घटनाका क्रममा पीडित महिलाहरूले उनीहरूको गतिविधि भिडियोमा रेकर्ड गरी सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि घटना प्रहरीको जानकारीमा आएको थियो।

सामाजिक सञ्जालमा भिडियो सार्वजनिक भएपछि प्रहरीले घटनाबारे अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा प्रहरीले उनीहरूलाई आइतबार कीर्तिपुरस्थित विष्णुदेवी मन्दिर क्षेत्रबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेका तीनै जनामाथि घटनाबारे थप अनुसन्धान भइरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement