Advertisement
Advertisement
Advertisement
Advertisement

संक्रमितले भरियो धनगढीको कोभिड अस्थायी अस्पताल

  |      16:01:00   |  
Web : Image
Web : Image

वैशाख १२, धनगढी । धनगढीको कोभिड अस्थायी अस्पताल कोरोना संक्रमितले भरिएको छ । सेती प्रादेशिक अस्पताल मातहत रहेको ५५ शय्याको कोभिड अस्थायी अस्पताल संक्रमितले भरिएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।

५५ शय्या रहेको कोभिड अस्पतालमा ५२ जना कोरोना संक्रमित र ३ जना शंकास्पद गरेर ५५ जनालाई राखिएकाले थप संक्रमितलाई भर्ना गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ । उनकाअनुसार संक्रमितमध्ये ११ जनाको आईसीयू र ३ जनाको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । यस्तै, २५ जनालाई अक्सिजन दिएर राखिएको र १३ जनालाई आवश्यकताका आधारमा अक्सिजन दिने काम भइरहेको श्रेष्ठले बताए ।

कोरोनाको पहिलो लहरमा उचित व्यवस्थापन गरेपनि अहिले जटिल प्रकृतिका संक्रमितको संख्या वृद्धि हुदै गएकाले समस्या सिर्जना हुन थालेको छ ।

‘हामीसँग उपलब्ध स्रोत साधनको उचित व्यवस्थापन गरेर पहिलो चरणको कोरोना कालमा राम्रो सेवा दिन सफल भएका थियौं,’ श्रेष्ठले भने, ‘तर अहिले भने लक्षणसहितका संक्रमित दैनिकजसो वृद्धि भइरहेकाले सेवा दिन हम्मेहम्मे पर्ला जस्तो भइसकेको छ ।’

५० शय्याको अस्पताल निर्माण गर्न ठेक्का

कोरोना संक्रमण तीव्र गतिमा बढ्दै गएपछि स्वास्थ्य कार्यालय कैलालीले सेती प्रादेशिक अस्पताल मातहत नै रहने गरी थप ५० शय्याको अस्पताल भवन निर्माणको काम थालेको छ ।

स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले वैशाख २ गते वाईआर कन्ट्रक्सनसँग १ करोड ४९ लाखमा ठेक्का सम्झौता गरेर कोभिड अस्पताल भवन निर्माणको काम अगाडि बढाइएको जानकारी दिए ।

उनले असार २० गतेभित्रै निर्माण सम्पन्न गर्नुपर्ने भएपनि संक्रमण तीव्र गतिमा फैलिरहेका कारण निर्धारित समय अगावै काम सक्न ताकेता गर्ने काम गरिरहेको बताए ।
महाकाली अस्पतालमा लक्षणसहितका ४८ संक्रमितको उपचार हुँदै

कञ्चनपुरको महाकाली अस्पतालमा पनि लक्षणसहितका ४८ जना कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालका सूचना अधिकारी नारद भट्टले आइतबार दिउँसोसम्म अस्पतालमा ४८ जना संक्रमित भर्ना भएको जानकारी दिए ।

भट्टका अनुसार ५ जनाको आईसीयू र एकजना संक्रमितको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ भने ९ जनालाई अक्सिजन सपोटमा राखिएको छ ।


साभार ः अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement