Advertisement
Advertisement
Advertisement
Advertisement

संक्रमित आमाछोरा २ दिन काठमाण्डौ बसेका र माइक्रो चढेर चितवन पुगेका खुलासा

  |      16:18:00   |  
संक्रमित आमाछोरा २ दिन काठमाण्डौ बसेका र माइक्रो चढेर चितवन पुगेका खुलासा

बैशाख ६, काठमाण्डौ । पूर्वी चितवनको राप्ती नगरपालिका ८ का ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष९आमाछोरा०मा शुक्रबार कोरोना संक्रमण पुष्टि भयो । उनीहरुको कन्ट्याक्ट हिस्टी पत्ता लगाउने क्रममा काठमाण्डौबाट चितवन माइक्रोबस चढेर आएका खुलेको छ । 


चितवन प्रहरीका अनुसार बेलायतबाट हङकङ हुँदै कतार एयरवेजमार्फत चैत ३ गते काठमाण्डौ अवतरण गरेका ती आमाछोरा दुई दिन काठमाडौंमा बसेर चैत ५ गते माइक्रो बसबाट चितवन आएका खुलेको हो । 

ती आमाछोरा चैत ३ र ४ गते काठमाण्डौको बसुन्धरास्थित एक होटलमा बसेका थिए । त्यहाँबाट ट्याक्सी चढेर कलंकीसम्म पुगी माइक्रोमार्फत चितवन आएका खुलेको प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीको भनाई छ । 


उनीहरु चितवन आएको माइक्रो, सो माइक्रोमा सँगै यात्रा गर्ने अन्य व्यक्तिहरुको खोजीलाई तीव्र पारिएको प्रहरीको भनाई छ । 

आमाछोरा घर पुगेपछि उनीहरुले छरछिमेकलाई बेलायतको कोशेली भन्दै चकलेट समेत बाँडेका थिए । उनीहरुले दिएको चकलेट खानेहरुको समेत पहिचान भइरहेको प्रहरीले बताएको छ । 

उनीहरुको कन्ट्याक्टमा आउने सबैको स्वास्थ्य जाँच गर्ने सरकारको तयारी छ । यो क्रममा उनीहरुका परिवारका ५ जनाको शनिवार र्यापिड डाइग्नोष्टिक टेस्ट९आरडिटी० गरिएको छ । 


विदेशबाट आएर उनीहरु घरमै सेल्फ क्वारेन्टाइनमा बसेका भनिए पनि छरछिमेकले भने चकलेट बाँड्दै हिँडेका र किनमेलका लागि विभिन्न क्षेत्र पुगेका आफूहरुले देखेको अनुसन्धानमा खटिएकाहरुसँग दाबी गरेका स्रोत बताउँछ । 

ती आमाछोराको भरतपुरस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर उपचार जारी राखिएको छ । उनीहरुमा पनि नेपालका अन्य कोरोना संक्रमित झै कुनै लक्षण नै देखिएको थिएन । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement