Advertisement
Advertisement
Advertisement
Advertisement

श्रीलंकामा महिला रोजगारी बढाउन ‘केयर इकोनोमी’मा लगानीको माग

  |      15:54:00   |  
web image
web image

भदौ ९ , काठमाडौं । श्रीलंकामा महिलाको रोजगारी र आर्थिक सहभागिता बढाउन ‘केयर इकोनोमी’ अर्थात् हेरचाहसम्बन्धी सेवा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिइएको छ।

श्रीलंकामा काम गर्ने उमेरका करिब ७५ प्रतिशत महिला श्रम बजारबाट बाहिर रहेको र यसको प्रमुख कारण बालबालिका, वृद्धवृद्धा तथा परिवारका अन्य सदस्यको हेरचाहको जिम्मेवारी रहेको अध्ययनहरूले देखाएका छन्।

यसै सन्दर्भमा महिला सांसद, सरकारी अधिकारी, नागरिक समाज, अनुसन्धानकर्ता तथा कूटनीतिज्ञबीच भएको छलफलमा बाल हेरचाह, वृद्धवृद्धाको हेरचाह, अपांगता भएका व्यक्तिका लागि सहयोग तथा सामाजिक सुरक्षामा लगानी बढाउनुपर्नेमा जोड दिइएको हो।

अन्तर्राष्ट्रिय श्रम संगठनका अनुसार श्रीलंकाको केयर क्षेत्रमा एक अमेरिकी डलर लगानी गर्दा ७.७६ डलर प्रतिफल प्राप्त हुन सक्छ। त्यसैले हेरचाह क्षेत्रमा लगानी सामाजिक आवश्यकता मात्र नभई आर्थिक वृद्धिको रणनीतिसमेत भएको सहभागीहरूको भनाइ छ।

प्रधानमन्त्री हरिणी अमरसूर्याले हेरचाहको जिम्मेवारीलाई निजी विषयका रूपमा मात्र हेर्न नहुने बताउँदै यसलाई सामाजिक तथा आर्थिक जिम्मेवारीका रूपमा लिनुपर्नेमा जोड दिइन्। सस्तो र सहज बाल हेरचाह, प्रारम्भिक बाल शिक्षा, वृद्ध हेरचाह, अपांगता सहयोग र सामाजिक सुरक्षा विस्तारले महिलाको श्रम सहभागिता बढाउन सक्ने उनको भनाइ छ।

छलफलमा संसद्ले केयर क्षेत्रमा प्रत्यक्ष लगानी, श्रमसम्बन्धी कानुनी सुधार र लैंगिक समानतालाई ध्यानमा राखेर बजेट निर्माण गर्नुपर्ने विषयमा पनि जोड दिइएको थियो।

महिला सांसदहरूको समूहले आगामी सरकारी बजेटमा लैंगिक उत्तरदायी बजेट प्रणालीमार्फत केयर इकोनोमीलाई प्राथमिकता दिने विषयलाई अघि बढाउने जनाएको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement